स्याङ्जामा थपिए ९ जना संक्रमित,जिल्लामा सङ्क्रमितको संख्या ७३

स्याङ्जा :
स्याङ्जामा आज ९ जना कोरोना संक्रमित थपिएकाछन् । जिल्लाको आँधीखोला गाँउपालिकामा २ महिला सहित ४ जना र कालिगण्डकी गाँउपालिकाका ५ जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।
आँधीखोला गाँउपालिकाका ३४ र ७२ बर्षका महिला तथा १३ र १९ बर्षका पुरुषमा संक्रमण देखिएको हो त्यस्तै कालिगण्डकीका २१,३३,२६,३० र १८ बर्षका पुरुषमा संक्रमण पुष्टी भएको हो ।
यो सँगै जिल्लामा संक्रमितको संख्या ७३ पुगेको छ । सात जना निको भए भने एक जनाको निधन भएको छ ।
उनीहरु सबैलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एबं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
.

समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…