मेरो अनुभव “कुरा नेपालमा बाख्रा गाउँ अभियानकै”

सुशिल अर्याल :

करिव ५-६ वर्ष अघि युट्युबमा कतार एयरवेजमा कार्यरत एक स्विडेनकि एयर परिचारीका (एयर होस्टेज) ले आफ्नो ड्युटीमा काठमाण्डौं (त्रिभुवन एयरपोर्ट) जान नपरोस् भन्दै प्रार्थना गरेको देखेँ कारण रहेछ हरेक दिन विमानमा नेपाली युवाहरुको लास देख्नु परेको कारणले उनले उक्त प्राथना गरेको देखिसकेपछि मनमा आफ्ना देसका युवा जनशक्तिलाई आफुले जानेको ज्ञान, सिप दिएर केही हदसम्म आफ्नो खेरा गएको जमीनको उपयोग गरेर स्वरोजगार बनाउन किन नसकिने भन्ने मनमा प्रश्न उठ्न थाल्यो, त्यस पछि एउटा अठोट गरे कम्तीमा आफुले गर्ने अनावश्यक फजुल खर्च कटाएर बाख्रा गाउँ अभियान सुरु गर्ने र एउटा गाऊका केही युवालाई यो कार्यमा प्रेरणा दिनु पर्छ भन्ने लाग्यो अनि सुरु गरें स्याङ्जा जिल्ला वालिङ न.पा. १४ पेखु ठानामा बाख्रा पालन कार्य, अनि नयाँ नविन र नश्ल सुधारका लागि बोयर (Boer) क्रस बोका ल्याएर अभियान सुरु गरेको जस्को माग देस भरी हुन थाल्यो ।

वालिङ १४ पेखुमा युवाहरुको कार्यलाई सामान्य क्यामराबाट खिचेको भिडीयो आफै युटुवमा अपलोड गरेपछि त्यसबाट देसभरीका युवाहरुले सो कार्यको सराहना गर्नु भो, अनि हौसला बढ्दै गयो विस्तारै देसभित्र अनि वाहिरबाट युवाहरुले दैनिक बाख्रा पालनका लागि सोध पुछ गर्न थाले पछि झन झन हौसला बढ्न थाल्यो विस्तारै राम्रा राम्रा विज्ञहरुसँग सम्पर्क बढ्न थाल्यो ।

नेपालका करिब ५२ जिल्लाका युवाहरुले गरेको बाख्रा पालन व्यावसाय उनीहरुको घरमै गएर हेर्ने, बुझ्ने मौका पाएँ जनसम्पर्क बढ्यो। ”

अब नेपालमा १४०० मिटर भन्दा मुनीका भुभागमा बोयर जातको बाख्रासँग, खरी जमुनापारी, वारबेरी जातको बाख्रा क्रस गराएर नश्ल सुधार गर्न, १४०० मिटर भन्दा माथिको भुभागमा  सानन् दुधका लागि पालिने बाख्रा र खरी जातसँग क्रस गराएर दुध उत्पादन गर्दै बाख्राको दुधबाट गोट, चिज बनाएर देस विदेसमा पुर्याउन सकिन्छ भन्ने अठोटका साथ यो अभियानको सुरुवात गरेको हो । खुसी लाग्छ आज नेपाल सरकारले बोयर, सानन् जात विदेसबाट झिकाएर उत्पादन सुरु गरेको छ । विभिन्न जिल्लामा बाख्रा मिसन अभियान कार्यक्रम सुरु गरेको छ । जेहोस् अब हामिले केही वर्षमा आफ्नो देसका लागि आवश्यक पर्ने बाख्रा खसीको मासु र चिज पु¥याउन सकिन्छ ।

हिमाली क्षेत्रमा पालिदै आएको च्याङ्ग्रा प्रजातीको निरिक्षण गर्दै अभियान्ता शुसिल अर्याल ( बाँया) साथमा बिदेशी नागरिक

नेपाल एक कृषि प्रधान देश हो । यहाको सम्पुर्ण भु–भागको १५ % हिमाल , ६८% पहाड, १७% तराई क्षेत्रले ओगटेको छ । यस , देशका करिब ६५% जनता कृषि मा आश्रित रहेका छन् । देशको सम्पुर्ण जनसख्या पुग नपुग ३.१५% करोड रहेको छ । ति जनसख्या मध्ये ३५–४० लाई भारतिय भुमिमा रोजगारीका लागी भौतारीरहेका छन् । ३०–४० लाख युवा हरु खाडी लगायत का देशमा रोजगारीका लागी विदेशीएका छन् यसरी हेर्दा देश भित्र रोजगारीको हिसाब बाट हेर्दा ८० % रोजगार नेपालमा कृषि क्षेत्र ले दिएको छ । हामी संग भएका भौगोकि बनावट ले कृषि , पर्यटन , जलविद्युत , लगायत का क्षेत्र मात्र व्यवसायका लागि उपयुक्त देखिन्छ । हामी ले हाम्रो परम्परागत ज्ञान सिप , को उपयोग गर्दे कृषि क्षेत्रको भरपुर्ण सदुपयोग गर्न मात्र सके यो देश समुन्ती को बाटोमा जाने छ । तर दुभाग्य हामी ले देश भित्र ६५ % जनताले अगालेको पेसा बाट खान पुग्दैन र  हामी ले वार्षिकरुपमा अनुमानीत एक खर्व रुपया को कृषि वस्तु विदेश आयत गरेर आफ्नो जिवन बिताई गरेका छौ ।  राज्यले आफ्नो पहुच ७५३ स्थानीय निकायसम्म पु¥र्याइरहदा समेत राज्य को तर्फबाट कुल बजेटको ३ % (पुगनपुग ) मात्र बजेट कृर्षि क्षेत्रमा लगानी गरीएको छ । देसमा बढ्दो जनसङ्ख्या अनि देस विकासका लागि कर्मठ युवा (जो ४५% कुल जनसंङ्ख्या मध्ये युवा वर्ग रहेको देस आज कुल जनसंख्याको करिव १५% जनसंख्या विदेसी भूमीमा रोजगारीका लागि भौतारिरहेका छन् । आज कतार, दुवही, साउदी, मलेसियाका विकासित देस होस या भारतिय भूमीमा कार्यरत जनसक्ती होस जे जसो भए पनि नेपाली भूमी ग्रामीण क्षेत्र आज युवा विहिन बन्न पुगेको छ । देस विकासमा युवा शक्ती बढि हुनु अत्यन्त राम्रो मानिन्छ तर दुर्भाग्य आज हामी दैनिक १७०० जना युवालाई अरव मलेसिया लगायतका देसमा रगत पसिना बेच्न पठाएर दैनिक १७ वटा लास बुझिरहेका छौं ।

“रेमीटान्समा मख्ख परेर २ खर्वको खाद्यान्न सामग्री भारतबाट किनेर पेट भरेका छौं देस भरिमा करिव १ करोड १६ लाख बाख्रा संख्या रहेको छ । कुल मासु माग वार्षिक रुपमा भारत र चिनबाट बैधानिक  बाटो भएर वार्षिक १६ अर्वको मासु हामिले आयत गदछौं । त्यस मध्ये कुल मासुको माग मध्येको ५– ६ अर्वको मासु खसि, बोकाको मासु अयात हुने गर्दछ । देसमा ठूलो जनसङ्ख्याले रुचाउने बाख्राको मासु उत्पादनको प्रचुर सम्भावना रहेको देस आज व्यवस्थित र उचित निती नभएका कारण अरु देसबाट आयत गर्न वाध्य छौं ।  देसमा ६७% कृषि पेसा अपनाउने देसमा सबैै भन्दा गरीव र हेपिएको अवस्थामा कृषक रहेको छ । ”

हालका केही वर्षमा कृषि क्षेत्रमा अनुदान र रकम आएको कुरा भएपनि त्यो उही टाठाबाठाका लागि र अरुका लागि सुनेर दंग पर्ने बाहेक अरु केही हुन सकेको छैन । हाल केही युवाहरु कृषिमा आकर्षित भए पनी ती युवाहरु प्रविधि सिप, नश्ल, उपकरण र दक्ष जनसक्ति, उत्पादन लागत बढि भएको कारण र राज्यबाट प्राप्त हुनु पर्ने कृषिमा सहुलीयत, बजार ग्यारेन्टी लगायतका कुराहरुको अभावका कारण युवा सक्ती कृषिक्षेत्रमा लागे पनी  उल्लेखनिय उपलब्धी प्राप्ती हुन सकेको छैन । यि र यस्तै कारणहरुले गर्दा कृषि क्ष्ोत्रमा आकर्षीत भएका युवाहरु आफ्नो व्यवसायलाई बढाउने स्थितिमा नरहेकाले यस कार्यक्रमका माध्यमबाट उन्नत नश्ल, प्रावधिक सिप, सामुहिक खेती, प्रणाली माटो सुहाउदो कृषि प्रविधि गरी एकिकृत खेती प्रणालीका माध्यमबाट आफ्नो खेरा गएको जमीन श्रम, लाई समुचित प्रयोग गरी खेरा गएको चरन क्षेत्र बारीमा उन्नत जातका घाँस लगाउने सो घाँस बाख्रालाई दिई मासु उत्पादन गर्ने सो बाख्राबाट उत्पादीत जुतो (मल) लाई आफ्नै खेतबारीमा प्रयोग गरी प्राङ्गारिक तरकारी खेती गरी सो बाट समेत थप आयआर्जन गर्ने छन् ।

यस कार्यक्रमबाट स्याङ्जा जिल्लाका सम्पूर्ण गा.वि.स., नपा यो कार्यक्रम संचालन गरीनेछ । जम्मा ६० वटा युवाहरुका लागि नमूना बाख्रा गाउँ संचालन गरिनेछ । कृषि, पशु र पर्यटनको विकास गरिनेछ । पर्यटनको लागि यस जिल्ला र जिल्ला भित्रका ११ नमूना बाख्रा गाउँलाई आन्तरिक पर्यटन र पशुपालन तरकारी खेती सिक्ने थलो (कृषक पाठसाला) को रुपमा विकास गरिनेछ ।

हरेक गाउँमा बाख्रा पालन, अगार्नीक तरकारी खेतीगरी बचत भएको समयमा घरेलु सिल्प कलाका सामग्री बनाई त्यसबाट समेत थप आम्दानी प्राप्त गर्नका लागि यो युवाका लागि नमुना बाख्रा गाउँ अभियानले भूमिका खेल्नेछ । यसबाट जम्मा ९०० जना कम्तीमा युवाहरु पूर्णरुपमा व्यवसायिक बन्नेछन् । भने तीनका आश्रीत परिवार संख्या जम्मा ४,५०० जनसङ्ख्या लाई रोजगारी समेत मिल्नेछ । यसबाट प्रतिघर परिवार मासिक १४,००० का दरले जम्मा बाख्रा गाउँमा जिल्ला वार्षिक रुपमा भरिमा रु १५,१२,००,००० (पन्ध्र करोड बाह्र लाख) मात्र गाउँमा भित्रिने छ । यो कार्यक्रम बाट जम्मा ९,००० वटा माउ बाख्रा १,२०० रोपनीमा अर्गानिक तरकारी खेती ३०० जना लधु घरेलु उद्योगमा सहभागि भई आयआर्जन गर्नेछन् । यो कार्यक्रम बाट प्रभावित भई यो कार्यक्रम अरु जिल्ला र गा.वि.स. समेत संचालन हुनेछ ।

हालसम्म यस अभियानबाट ५२६५ जना बाख्रा पालक कृषकहरुलाई निशुल्क रुपमा तालिम दिएको छ । मुख्य गरेर स्याङजा जिल्लाका युवाहरुलाई यो अभियानमा समेटिएको भए पनि यस अभियानको कार्यक्रम हाल सम्म ४२ जिल्लाका युवाहरु आफनै खर्चमा (खान बस्न) तालिममा सहभागी भई आफ्नो व्यवसाय सुधार गर्नु भएको छ । यस अभियानले मुख्य गरेर मासुको उत्पादन लागत घटाउनका लागि घाँस खेती, युरीया मोलासिस, मिनरल ब्लक (UMMB), नश्ल सुधारका कुरालाई जोड दिएर अभियान संचालन गरिएको छ । यो अभियानलाई सहयोग गर्ने संस्था व्याक्तिहरुले नगद होइन । प्रशिक्षक, स्टेसनरी, घाँसका विउविजनहरु मात्र लिने गरिएको छ

(वालिङ – ८  स्याङ्जा स्थायी घर भएका अर्याल बाख्रा गाउ अभियानका अभियान्ता हुनुहुन्छ त्यस्तै गल्याङ् नगरपालिका पशु सेवा शाखाकाे प्रमुख एबं अधिकृतका रुपमा समेत कार्यरत रहुन भएको छ । उहाँलाई भेट्नको लागि सम्पर्क मो: ९८५६०३०६०९ , इमेल: [email protected] -सम्पादक)



Facebook Comments Box
TOP