स्याङ्जामा थपिए १२ जना संक्रमित, संक्रमितको संख्या ९८
स्याङ्जा :
स्याङ्जामा सोमबार बिहान १२ जना संक्रमित थपिएकाछन् । दुई महिला सहित १० पुरुष थपिएकाहुन् । यो सँगै जिल्लामा संक्रमितको संख्या ९८ पुगेको छ ।
नयाँ थपिनेमा अर्जुनचौपारी गाँउपालिकाका १० जना, कालिगण्डकी गाँउपालिकाका २ जना रहेकाछन् ।
अर्जुनचौपारीका ७ बर्षका ३ बालक सहित १६,३०,३१,३० र ३८ बर्षका पुरुष र ६ बर्षकी बालिका सहित ५० बर्षकी एक महिला रहेकीछन् । त्यस्तै कालिगण्डकी गाँउपालिकाका १४ र ४८ बर्षका पुरुष रहेकाछन् । उनीहरुसबै भारतबाट आई क्वारेन्टीनमा बसिररहेका प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डाक्टर बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो । जस मध्ये अर्जुनचौपारी गाँउपालिका संक्रमित जेठ १७ गते भारतबाट आएका गाँउपालिकाले जनाएको छ ।
स्याङ्जाका ९८ जना संक्रमित मध्ये ८ जना निको भएर घर फर्किएकाछन् । एक जना संक्रमितको भने निधन भईसकेको छ ।
स्याङ्जामा अहिले सम्म पुष्टी भएका संक्रमित मध्ये गल्याङका ३ जना बाहेक सबै भारतबाट आएका हुन् ।
गण्डकी प्रदेशका २ जिल्लामा थपिए २० जना संक्रमित
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


