गण्डकी प्रदेशका २ जिल्लामा थपिए २० जना संक्रमित
स्याङ्जा :
स्याङ्जा र नवलपुरमा साेमबार बिहान थप २० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्याङ्जाकाे अर्जुनचाैपारीका ८ र कालीगण्डकीका २ जनामा काेराेना पुष्टि भएकाे हाे । अर्जुनचाैपारीका २ महिला हुन भने अरु सबै पुरुष हुन् । स्याङ्जामा ९८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
नवलपुरकाे बाैंदीकाली गाउँपालिकाका ८ जनामा काेराेना पुष्टि भएकाे हाे । याेसँगै नवलपुरमा १ सय ४० जनामा काेराेना देखिएकाे छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४० पुगेको छ |
साेमबार पुष्टि भएका सबै भारतबाट फर्किएको हुन् । सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेकाे र सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ
गण्डकीका ११ वटै जिल्लामा काेराेना संक्रमण भेटिएकाे छ । मनाङ र मुस्ताङ र लमजुङमा हालसम्म १/१ जनामा संक्रमण भएकाे छ । बागलुङमा १ सय १७ र कास्कीमा १७ जनामा काेराेना पुष्टि भइसकेकाे छ ।
साेमबार बिहानसम्मकाे तथ्यांक अनुसार हालसम्म प्रदेशमा ५५ जना निकाे भएर घर फर्केका छन् । ५८ वर्षे १ पुरुषकाे मृत्यु भएकाे छ ।
.

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


