बयरघारी बजार अब प्रहरीको २४ घण्टे निगरानीमा
वालिङ :
स्याङ्जाको भीरकोट नगरपालिका–१ बयरघारी बजारमा जडान गरिएका सिसिटिभी क्यामराको निगरानी प्रहरीले गर्ने भएको छ । यसअघि वडा कार्यालयमा रहेको कन्ट्रोल रुम दहथुम प्रहरी चौकीमा सारिएपछि बजार र सिद्धार्थ राजमार्गको गतिविधि अब प्रहरीले प्रत्यक्ष निगरानी गर्न सक्ने भएको हो ।
बयरघारीका मुख्य बजार, व्यस्त चोक, सार्वजनिक स्थल र सिद्धार्थ राजमार्गलाई लक्षित गरी हाल नौवटा सिसिटिभी क्यामरा जडान गरिएको छ । प्रहरीका अनुसार सिसिटिभीले चोरी, झैझगडा, तोडफोडलगायतका घटना नियन्त्रण र अनुसन्धानमा सहयोग पुग्नेछ । राजनीतिक दल तथा विभिन्न समूहका सभा, जुलुस र सम्मेलनका क्रममा हुन सक्ने अवाञ्छित गतिविधिको निगरानीमा समेत यसको उपयोग गर्न सकिने अपेक्षा गरिएको छ ।
दहथुम प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक पुष्कर पोखरेलले सीमित जनशक्तिबाट बजारका सबै क्षेत्रमा प्रत्यक्ष निगरानी गर्न कठिन हुने अवस्थामा सिसिटिभी प्रभावकारी माध्यम बनेको बताए । प्रहरी चौकीमै कन्ट्रोल रुम आएपछि विभिन्न स्थानको गतिविधि एउटै ठाउँबाट हेर्न सहज भएको उनको भनाइ छ ।
सिसिटिभीले अपराध नियन्त्रणसँगै ट्राफिक व्यवस्थापनमा समेत सहयोग गर्ने भएको छ । मुख्य चोक र राजमार्ग क्षेत्रमा हुने दुर्घटना, ट्राफिक नियम उल्लङ्घन तथा दुर्घटनापछि फरार हुने सवारीसाधन र चालक पहिचानमा क्यामराको फुटेज उपयोगी हुने अस्थायी ट्राफिक प्रहरी पोस्ट दहथुममा कार्यरत ट्राफिक प्रहरी सहायक हवल्दार ज्ञानबहादुर थापाले बताउनुभयो ।
भीरकोट उद्योग वाणिज्य संघका अध्यक्ष नुवादत्त अर्यालले नियमित मर्मतका लागि नगरपालिकाले बजेट सुनिश्चित गर्नुपर्ने बताउनुभयो । नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले दशैँ–तिहारअघि बयरघारीका थप क्षेत्रमा सिसिटिभी विस्तार गर्ने तयारी भइरहेको बताउनुभयो । नगर प्रवक्ता दिपेन्द्र केसीका अनुसार कोरोनाकालअघि नै सार्वजनिक शौचालयको माथिल्लो तलामा कन्ट्रोल रुम राख्ने योजना भए पनि भवन पहिरोले भत्किएपछि प्रणाली वडा कार्यालयमा सारिएको थियो ।
निवर्तमान नगरप्रमुख छायाराम खनालले आफ्नो कार्यकालमा बजार सुरक्षाका लागि सिसिटिभी जडानको सुरुआत गरिएको बताउँदै अब यसलाई प्रत्येक टोलसम्म विस्तार गर्नुपर्ने बताउनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…


