व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
काठमाडौं
मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । स्याङ्जा क्षेत्र नम्बर २ का स्थायी बासिन्दा अर्याल विद्यार्थी जीवनदेखि नै कांग्रेसको राजनीति र सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनु भएको थियो ।
नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गर्नुभएका उहाँले पार्टीभित्र आर्थिक व्यवस्थापन, उद्यमशीलता, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको अनुभवलाई नेतृत्व तहमा उपयोग गर्ने एजेण्डासहित उम्मेदवारी घोषणा गर्नुभएको हो ।
चार्टर्ड एकाउन्टेन्टका रूपमा व्यावसायिक यात्रा सुरु गर्नुभएका अर्यालले ‘अर्याल एन्ड अर्याल चार्टर्ड एकाउन्टेन्ट्स’ स्थापना गर्नुभएको छ । उहाँले विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठानलाई वित्तीय तथा व्यावसायिक सेवा प्रदान गर्दै आउनु भएको छ । उहाँको लगानी स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा समेत विस्तार भएको छ।
भैरहवा मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, लर्ड बुद्ध मेडिकल कलेज र सञ्जीवनी मेडिकल कलेजलगायत स्वास्थ्य संस्थामा उहाँको लगानी रहेको छ। नेपालगञ्ज मेडिकल कलेजको अध्यक्षमा समेत उहाँ चयन भएको समाचार प्रकाशित भएको थियो।
कृषि क्षेत्रमा पनि अर्यालको लगानी छ। स्याङ्जामा आधुनिक पोल्ट्री फार्म सञ्चालन गर्नुभएका उहाँले जनकपुरमा ठूलो क्षमताको लेयर्स फार्म स्थापना गर्नुभएको छ । हेटौंडास्थित दाना उद्योगलगायत अन्य उत्पादनमूलक परियोजनामा पनि उहाँको लगानी रहेको छ।
अर्याल पहिलो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक उम्मेदवार बन्नु भएको छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि उहाँको नाम स्याङ्जाका दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस भएको थियो । त्यतिबेला उहाँ कांग्रेसका अर्थ तथा वित्तीय सल्लाहकारका रूपमा समेत सक्रिय रहेको विवरण सार्वजनिक भएको थियो । २०७९ को निर्वाचनका लागि कांग्रेसको समानुपातिक बन्दसूचीमा समेत उहाँको नाम समावेश थियो ।
व्यवसायसँगै सामाजिक क्षेत्रमा पनि अर्यालले फाउन्डेसन स्थापना गरेर गतिविधि सञ्चालन गर्दै आउनु भएको छ । खुमा अर्याल फाउन्डेसनले स्याङ्जासहित विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य, रोजगारी तथा खेलकुदलाई प्राथमिकता दिएर सामाजिक कार्यक्रम गर्दै आएको फाउन्डेसनसम्बन्धी सार्वजनिक विवरणमा उल्लेख छ । फाउन्डेसनमार्फत निःशुल्क स्वास्थ्य शिविर, खाद्यान्न सहयोग तथा अन्य सामाजिक कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन् ।
स्याङ्जामा उहाँको सामाजिक तथा व्यवसायिक प्रभाव पनि लामो समयदेखि देखिँदै आएको छ । उहाँले आफ्नो गृहजिल्लामा स्वास्थ्य तथा शिक्षासम्बन्धी संस्थाको विकासमा सहयोग गर्नुका साथै विभिन्न विद्यालय, संघसंस्था तथा सामाजिक गतिविधिमा आर्थिक सहयोग गर्दै आउनु भएको छ ।
अर्यालले आफ्नो व्यावसायिक तथा सामाजिक क्षेत्रको अनुभवलाई पार्टीको नीति निर्माण, संगठन सुदृढीकरण र आर्थिक व्यवस्थापनमा उपयोग गर्ने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।
समाचार
थप सामाग्री-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
-
२६ वर्षमै वडाध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’: महाधिवेशन प्रतिनिधिका युवा उम्मेदवार
कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
१ हप्ता अगाडि
स्याङ्जा : चार दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७…


