कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी

आँधीखोला खबर समाचारदाता/स्याङ्जा :

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क समितिका सभापति तथा युवा व्यवसायी लक्ष्मण भुसालले स्याङ्जा क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि (युवा) पदमा दमदार उम्मेदवारी घोषणा गरेका छन्।

ऐतिहासिक पाटन बहुमुखी क्याम्पसको विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा सुरु गरेका भुसालले लामो समयदेखि काठमाडौँमा रहेका स्याङ्जाली विद्यार्थी र युवाहरूलाई संगठित गर्दै दुःख-सुखमा अभिभावकीय भूमिका निर्वाह गर्दै आएका छन्। व्यवसायसँगै सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील भुसालले युवालाई नेतृत्वमा स्थापित गर्ने र पार्टी संगठनलाई आधुनिक एवं मजबुत बनाउने संकल्पका साथ आफ्नो दाबी पेस गरेका हुन्।

राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रतिको निष्ठा तथा युवा सशक्तीकरणको एजेन्डा बोकेका भुसालको उम्मेदवारीले क्षेत्रमा नयाँ ऊर्जा र ‘युवा पुस्ताको नेतृत्व’को बहसलाई सशक्त रूपमा अगाडि बढाएको छ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP