कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
आँधीखोला खबर समाचारदाता/स्याङ्जा :
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क समितिका सभापति तथा युवा व्यवसायी लक्ष्मण भुसालले स्याङ्जा क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि (युवा) पदमा दमदार उम्मेदवारी घोषणा गरेका छन्।
ऐतिहासिक पाटन बहुमुखी क्याम्पसको विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा सुरु गरेका भुसालले लामो समयदेखि काठमाडौँमा रहेका स्याङ्जाली विद्यार्थी र युवाहरूलाई संगठित गर्दै दुःख-सुखमा अभिभावकीय भूमिका निर्वाह गर्दै आएका छन्। व्यवसायसँगै सामाजिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील भुसालले युवालाई नेतृत्वमा स्थापित गर्ने र पार्टी संगठनलाई आधुनिक एवं मजबुत बनाउने संकल्पका साथ आफ्नो दाबी पेस गरेका हुन्।
राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रतिको निष्ठा तथा युवा सशक्तीकरणको एजेन्डा बोकेका भुसालको उम्मेदवारीले क्षेत्रमा नयाँ ऊर्जा र ‘युवा पुस्ताको नेतृत्व’को बहसलाई सशक्त रूपमा अगाडि बढाएको छ।
समाचार
थप सामाग्री-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
-
२६ वर्षमै वडाध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’: महाधिवेशन प्रतिनिधिका युवा उम्मेदवार
-
कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
-
‘राजनीतिमा युवाको नयाँ उत्साह’ : आयुष रानाभाटको उम्मेदवारी
त्रिचन्द्रका स्ववियु सभापति गोविन्द कोइराला महाधिवेशन प्रतिनिधिमा भिड्दै
१४ घण्टा अगाडि
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टी राजनीतिमा युवा र शैक्षिक मुद्दाले नयाँ तरङ्ग ल्याएको छ। ऐतिहासिक त्रिचन्द्र बहुमुखी…


