कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेविसंघका पूर्वकेन्द्रीय सदस्य अमृत वोस्तीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
नेपाली जनसम्पर्क समिति क्यानडासँग आबद्ध बोस्तीले क्यानडा तथा युरोप क्लस्टरतर्फबाट उम्मेदवारी दिएका हुन्।
विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा सक्रिय रहेका बोस्तीले प्रवासमा रहेका नेपाली कांग्रेसका नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई पार्टीको मूलधारसँग जोड्ने एजेण्डा अघि सारेका छन्।
उनले जनसम्पर्क समितिलाई औपचारिक संरचनामा सीमित नराखी पार्टी संगठन विस्तार र प्रवासी नेपालीका समस्या तथा अपेक्षालाई नीति निर्माणको तहसम्म पुर्याउने माध्यम बनाउनुपर्ने धारणा राख्दै आएका छन्।
संगठन निर्माण र युवाको सहभागितालाई प्राथमिकता दिँदै आएका बोस्ती विगतको स्ववियु निर्वाचनमा संगठनलाई सहयोग गर्न नेपालसमेत फर्किएका थिए। अहिले पनि महाधिवेशनका लागि उनी नेपाल आएका छन्।
प्रवासमा बसे पनि पार्टीको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका बोस्तीले आफू निर्वाचित भए प्रवासी नेपालीको सहभागिता बढाउने, जनसम्पर्क समितिलाई थप व्यवस्थित बनाउने र युवालाई कांग्रेसको केन्द्रीय संरचनासँग जोड्ने विषयलाई प्राथमिकता दिने बताएका छन्।
उनको उम्मेदवारीलाई कांग्रेसभित्र प्रवासी प्रतिनिधित्व र युवा सहभागिताको बहससँग जोडेर हेरिएको छ।
समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
१ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


