सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक, त्यागी र जुझारु नेता हुनुहुन्छ— केदार काफ्ले।

विक्रम संवत् २०३६ सालको ऐतिहासिक ऐतिहासिक जनमतसंग्रह र आन्दोलनको रापतापबाट राजनीतिक यात्रा सुरु गर्नुभएका काफ्ले स्याङ्जाको लोकतान्त्रिक आन्दोलन र सामाजिक विकासका एक बलिया स्तम्भ मानिनुहुन्छ। काफ्लेको सिङ्गो जीवन नै सङ्घर्ष, सङ्गठन निर्माण र जनसेवामा समर्पित छ।

विद्यार्थी राजनीतिदेखि जनआन्दोलनसम्मको कडा सङ्घर्ष

वालिङ बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीतिमा होमिनुभएका काफ्ले २०४३ सालमा क्याम्पसको स्ववियु सचिव र २०४९ सालमा स्ववियु सभापति चुन्नुभई विद्यार्थी हकहित र शैक्षिक सुधारका लागि अहोरात्र खट्नुभयो।

देशमा लोकतन्त्र बहाली र प्रजातन्त्रको रक्षाका लागि उहाँले आफ्नो ज्यानको बाजी लगाउनुभयो। २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनका क्रममा सात पटकभन्दा बढी प्रहरी हिरासत भोग्नुभएका काफ्ले आन्दोलनका क्रममा गम्भीर घाइतेसमेत हुनुभयो। तत्कालीन राजाको प्रत्यक्ष शासनकालमा आयोजना गरिएको प्रहसनयुक्त नगर निर्वाचनलाई बहिष्कार गरेकै कारण उहाँले २८ दिनसम्म स्याङ्जा जिल्ला कारागारमा कठोर जेल जीवन बिताउनुभयो। तर, निरंकुशतासामु उहाँ कहिल्यै झुक्नुभएन।

स्थानीय सरकारदेखि पार्टी नेतृत्वसम्म: विश्वासको अर्को नाम

जनताको घरदैलोको सुख-दुःखमा सधैँ साथ दिने नेताका रूपमा परिचित काफ्लेले २०४५ सालमै वालिङ नगरपालिकाको वडाध्यक्ष भई जनप्रतिनिधिको भूमिका सफलताका साथ निभाउनुभएको थियो। उहाँको कार्यकुशलता र लोकप्रियताकै कारण २०७४ सालको स्थानीय तह निर्वाचनमा स्थानीयले उहाँलाई पुनः दोस्रो पटक वडाध्यक्षमा अत्यधिक मतका साथ विजयी गराए।

नेपाली काङ्ग्रेसको गाउँ/नगरस्तरीय राजनीति, जिल्ला सदस्य हुँदै क्षेत्रीय सभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसक्नुभएका काफ्ले हाल नेपाली काङ्ग्रेस स्याङ्जाको कार्यवाहक सभापतिको भूमिकामा हुनुहुन्छ। काङ्ग्रेसलाई सङ्गठित र सुदृढ बनाउनुका साथै जिल्लाका अनेकौँ सामाजिक, शैक्षिक र धार्मिक सङ्घ-संस्थाको नेतृत्व गर्दै उहाँ निरन्तर समाजसेवामा सक्रिय हुनुहुन्छ।

महाधिवेशन प्रतिनिधिमा सशक्त उम्मेदवारी

नेपाली काङ्ग्रेसको सङ्गठनलाई अझ सुदृढ, समावेशी र वैचारिक रूपमा सशक्त बनाउनका लागि केदार काफ्लेले नेपाली काङ्ग्रेस स्याङ्जा क्षेत्र नं. २ (खुल्ला तर्फ) बाट महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएको छ।

“जसले जीवनभर पार्टी, लोकतन्त्र र जनताका लागि रगत-पसिना बगाए, उनै निष्ठावान् नेतालाई केन्द्रसम्म पुर्‍याउनु आजको आवश्यकता हो,” स्थानीय काङ्ग्रेस कार्यकर्ताहरू बताउँछन्। चार दशकको निष्कलङ्क राजनीतिक यात्रा, त्याग र अनुभवलाई काङ्ग्रेसको केन्द्रीय नीति निर्माणमा जोड्नका लागि उहाँको उम्मेदवारीलाई निकै महत्त्वका साथ हेरिएको छ।

उम्मेदवार परिचय:

  • उम्मेदवार: केदार काफ्ले

  • पद: महाधिवेशन प्रतिनिधि (स्याङ्जा क्षेत्र नं. २, खुल्ला तर्फ)

  • सम्पर्क/मोबाइल नं.: ९८५६०७०६१४

Facebook Comments Box
‘राजनीतिमा युवाको नयाँ उत्साह’ : आयुष रानाभाटको उम्मेदवारी
१ दिन अगाडि

स्याङ्जा: नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढिरहँदा स्याङ्जाको राजनीतिमा युवा पुस्ताको उपस्थिति झनै सशक्त बन्दै गएको छ। यसै क्रममा स्याङ्जा क्षेत्र…

TOP