२६ वर्षमै वडाध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’: महाधिवेशन प्रतिनिधिका युवा उम्मेदवार

स्याङ्जा :

 २६ वर्षकै उमेरमा जनताको मन जितेर वडाध्यक्ष निर्वाचित बनेका लोकप्रिय युवा नेता दिप गुरुङ (छिरिङ) नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको उम्मेदवारका रूपमा अगाडि बढेका छन्।

अग्रजप्रतिको अगाध सम्मान, युवाका सपना र तिनकै बुलन्द आवाजलाई नीति निर्माणको केन्द्रमा पुर्‍याउने सङ्कल्पका साथ गुरुङ मैदानमा उत्रिएका हुन्। २०६८ सालमा विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका गल्याङ–६ (पिडिखोला) का गुरुङले २०७३ मा वालिङ क्याम्पसको स्ववियु सचिवमा प्रतिस्पर्धा गर्दै साङ्गठनिक पकड बलियो बनाएका थिए।

कोरोना महामारीको संकटमा ‘स्कुल अफ डेमोक्रेसी’ मार्फत निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरी जनसेवामा खटिएका गुरुङको त्यही समर्पणले २०७९ को स्थानीय निर्वाचनमा उनलाई २६ वर्षमै वडाध्यक्ष बनायो।

युवाको अर्थपूर्ण सहभागिता, रोजगारी, प्रविधिमैत्री संगठन र पुस्तान्तरणलाई मुख्य एजेण्डा बनाएका गुरुङसँग विद्यार्थी राजनीति, समाजसेवा र जनप्रतिनिधिको समृद्ध अनुभव छ। अग्रजको आशीर्वाद र युवाको बलियो साथ बोकेका दिप गुरुङ ‘छिरिङ’ अहिले महाधिवेशनमा आशा र परिवर्तनको उज्यालो प्रतीक बनेका छन्।

Facebook Comments Box
TOP