२६ वर्षमै वडाध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’: महाधिवेशन प्रतिनिधिका युवा उम्मेदवार
स्याङ्जा :
२६ वर्षकै उमेरमा जनताको मन जितेर वडाध्यक्ष निर्वाचित बनेका लोकप्रिय युवा नेता दिप गुरुङ (छिरिङ) नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको उम्मेदवारका रूपमा अगाडि बढेका छन्।
अग्रजप्रतिको अगाध सम्मान, युवाका सपना र तिनकै बुलन्द आवाजलाई नीति निर्माणको केन्द्रमा पुर्याउने सङ्कल्पका साथ गुरुङ मैदानमा उत्रिएका हुन्। २०६८ सालमा विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका गल्याङ–६ (पिडिखोला) का गुरुङले २०७३ मा वालिङ क्याम्पसको स्ववियु सचिवमा प्रतिस्पर्धा गर्दै साङ्गठनिक पकड बलियो बनाएका थिए।
कोरोना महामारीको संकटमा ‘स्कुल अफ डेमोक्रेसी’ मार्फत निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरी जनसेवामा खटिएका गुरुङको त्यही समर्पणले २०७९ को स्थानीय निर्वाचनमा उनलाई २६ वर्षमै वडाध्यक्ष बनायो।
युवाको अर्थपूर्ण सहभागिता, रोजगारी, प्रविधिमैत्री संगठन र पुस्तान्तरणलाई मुख्य एजेण्डा बनाएका गुरुङसँग विद्यार्थी राजनीति, समाजसेवा र जनप्रतिनिधिको समृद्ध अनुभव छ। अग्रजको आशीर्वाद र युवाको बलियो साथ बोकेका दिप गुरुङ ‘छिरिङ’ अहिले महाधिवेशनमा आशा र परिवर्तनको उज्यालो प्रतीक बनेका छन्।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


