भारतबाट स्याङ्जाली आउनेक्रम जारी, कसरी हुदैछ त व्यवस्थापन !
आँधीखोला खबर/स्याङ्जा :
रोजगारीका लागि भारत गएका स्याङ्जालीहरुको आउने क्रम तिव्र भएको छ । शनिवार मात्रै एक सय भन्दा धेरै भारतबाट जिल्ला भित्रिएको प्रशासनले जनाएको छ । भारतका बिभिन्न ठाउँबाट कष्टपूर्ण यात्रा गर्दै नेपालसँगको सिमानामा आई पुगेका उनीहरु जिल्लाका स्थानीयतहको समन्वयमा ल्याउने काम भईरहेको बताईएको छ । कतिपय नागरिक बुटवल सम्म तथा कतिपय राम्दी सम्म नै कष्टपूर्ण यात्रा गर्दै आएको पाईएको छ । राम्दीबाट भने जिल्लाका स्थानीयतहले ल्याउने गरेकाछन् ।
केही दिन पहिले रुपन्देहीका बिभिन्न क्वारेन्टीनमा रहेका जिल्लाबासीलाई वालिङ नगरपालिकाको समन्वयमा गाडी नै पठाएर ल्याइएको थियो । जिल्लाका नागरिकले दुख पाएको सुचना पाएपछि गाडीको व्यवस्था गरी पठाईएको वालिङ नगरपालिकाले जनाएको छ ।
केही दिन सम्म नै जिल्लामा भारतमा रहेका जिल्लाका नागरिक आउने क्रम रहने भन्दै उनीह्रुको व्यवस्थापनको तयारी भईरहेको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । उहाँले स्थानीयतहको समन्वयमा व्यवस्थापनको काम भईरहेको र उनीहरुलाई जिल्लामा आउना साथ नै तत्कालै क्वारेन्टीनमा राखिने गरेको बताउनु भयो । कोरोना पिसिआर परिक्षण पश्चात मात्रै घरमा सुरक्षित रहने गरी पठाईने गरेको प्रजिअ कुरुम्बाङले जानकारी दिनुभयो ।
लामो एबं कष्टपूर्ण यात्रा पछि देशको सिमानामा आएका नेपालीहरु स्वदेश प्रवेशको पर्खाईमा रहेको बताईएको छ । जहाँ स्याङ्जा सहितका जिल्लाका नागरिक रहेको बताईएको छ ।
शनिवार मात्रै नेपाल प्रवेशको पर्खाईमा रहेका स्याङ्जाको हरिनासका एक युवाको सिमावर्ती नौतनवामा रहेको क्वारेन्टीनमा नै ज्यान गएको छ ।
जिल्लामा आएका नागरिकलाई आआफनै पालिका तथा वडामा लगेर क्वारेन्टीनमा राख्ने गरिएको छ । उनीहरुको पिसिआर परिक्षण पछि मात्रै सुरक्षित रुपमा घरमा बस्ने गरी पठाईने गरिएको प्रजिअ कुरुम्बाङले जानकारी दिनुभयो ।
.
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


