क्वारेन्टाइनमा बसेका स्याङ्जाका युवाको मृत्यु,पिसिआर परिक्षण हुँदै ।

भारतको नौतनवास्थित क्वारेन्टाइनमा बसेका एक नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि भारत गएका स्याङ्जा हरिनास गाउँपालिका २ चिसापानीका ३२ वर्षीय पुरुषको शनिबार मृत्यु भएको भारतीय प्रहरीले जनाएकाे छ ।
हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले आफूहरुले पनि क्वारेन्टाइनमा बसेका चिसापानीका एकजनाको मृत्यु भएको जानकारी पाएको बताउनु भएकाे छ । आँधीखोला खबरसँग कुरा गर्दै उहाँले भन्नुभयो,’ पिसिआर परिक्षणको काम भईरहेको जानकारी प्राप्त भएको छ ।’ उहाँले भारतीय पक्षसँग सम्पर्क मा नै रहेको जानकारी दिनुभयो ।
ती युवा जेठ ५ गते नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा बसेका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि महाराजगन्जस्थित अस्पतालमा उपचार गरेर क्वारेन्टाइनमा ल्याएपछि मृत्यु भएको बताइएको छ ।
हिँडेरै स्याङ्जा जाने प्रयासमा भारत अलिगढबाट रुपन्देहीको नाका बेलहिया आएका उनलाई नेपाल प्रवेश नदिएपछि नौतनवाको क्वारेन्टाइनमा राखिएको थियो ।
समाचार
थप सामाग्री
रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङको १६औँ साधारण सभा
३ दिन अगाडि
वालिङ: रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ ६ मिर्दिको १६औँ साधारण शनिबार सम्पन्न भएको छ । पतञ्जली योग…