वालिङ १४ को पहिरो घटना : नगरपालिका तथा मन्त्री अर्यालद्वारा दुःख ब्यक्त ।
वालिङ:
अविरल वर्षासँगै आएको पहिरोका कारण भएको जनधनको क्षतिप्रति वालिङ नगरपालिकाले दुःख ब्यक्त गरेको छ । आज बिहान वालिङ १४ को तमादीमा एकघर पुरिँदा घरमा बस्दै आएकामध्ये ९ जनाको मृत्यु र एकजना घाईते भएकाहरुप्रति नगरपालिकाले एक विज्ञप्ति निकाल्दै दुःख ब्यक्त गरेको हो । वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले तमादी घटनाप्रति दुःख ब्यक्त गर्नुहुँदै ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जलि र घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
साथै पहिरोमा परी घाईते मनिषा नेपालीको सम्पूर्ण उपचार खर्च नगरपालिकाले गर्ने नगर प्रमुख खाँणले बताउनुभयो ।
“अविरल वर्षाका कारण नगरका विभिन्न ठाउँमा प्राकृतिक विपत्तिका घटनाहरु घट्न सक्ने भएकाले उच्च सकर्तकता अपनाउन अनुरोध गर्दछौं” विज्ञप्तिमा भनिएको छ ।
बाढी, पहिरोजस्ता प्राकृतिक विपत्ति हुनसक्ने संभावित क्षेत्र भएमा वा कहीँ कतै घटना घटिहालेमा जतिसक्दो छिटो नगरपालिका कार्यालयमा खबर गरी सहयोग गरिदिनुहुन पनि नगर प्रमुख खाँणले नगरबासीसँग अनुरोध गर्नुभएको छ । प्राकृतिक विपत्तिमा आ–आफ्नो ठाउँबाट खटेर उद्दारमा सहयोग गर्नुहुने सम्पूर्णमा नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ ।
यसैबीच भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले पहिरोको घटना प्रति दुख व्यक्त गर्नु भएको छ । सो क्षेत्रकी सांसद समेत रहनु भएकी मन्त्री अर्यालले घटना प्रति दुख व्यक्त गर्नु भएको हो । उहाँले आज एक शोक बक्तव्य निकालेर घाईतेको शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नु भएको छ ।
भिडियाे : स्याङ्जा-एउटै चिहान बन्यो एकै परिवारका ९ जनाको, सारै दुखद घटना, परिवारमा बाँचिन एक जना मात्रै
- -जथाभावी सडक खन्दा एउटै चिहान बन्यो ९ जनाको जीन्दगी, आज मात्रै स्याङजामा १० जनाको मृत्यु ।
- -अपडेट : पहिरोले घर पुर्दा वालिङमा नौं जनाको मृत्यु, एक जना गम्भिर घाईते ।
- -वालिङ पहिरो : १० जनाको परिवारमा को को थिए घरमा ?
- -अबिरल बर्षाका कारण स्याङ्जामा घर भित्रै पुरिए ९ जना, बिर्घामा एक जनाको मृत्यु ।
- .


समाचार
थप सामाग्री-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
३ हप्ता अगाडि
काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको परिमार्जित नयाँ पाठ्यक्रममा आधारित रहेर तयार पारिएको नविन कृति ‘शब्दशास्त्रविज्ञानम्’ को एक विशेष समारोहका बिच…


