स्याङजाका १३ जना सहित गण्डकी प्रदेशमा आज थपिए ५१ सङ्क्रमित,दुई जनाको मृत्यु ।

corona update

स्याङजा :
गण्डकी प्रदेशमा थप ५१ जना कोरोना सङ्क्रमित थपिएकाछन् भने दुई जना सङ्क्रमितको मृत्यु भएको छ ।
आज थपिनेमा नवलपरासी बर्दघाट सुस्ता पूर्बका २० जना, स्याङजाका १३ जना, तनहुँका नौं जना, कास्कीका ५ जना, गोरखाका दुई जना तथा मनाङ र लमजुङ एक÷एक जना रहेकाछन् ।
यसैबीच गण्डकी प्रदेशमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुशार गोरखाको बारपाक सुलिकोट ८ का ६३ बर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो । क्यान्सर रोगको उपचार गराउदै आएकी उनको काठमाण्डौं छाउनीको बिरेन्द्र अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तै पोखरा का ७० बर्षका पुरुषकोमणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी पनि क्यान्सरको बिरामी भएको निर्देशनालयले जनाएको छ ।
यो सहित गण्डकीमा सङ्क्रमितको संख्या तीन हजार एकं सय १६ पुगेको छ भने एक हजार आठ सय ९५ जना निको भएका छन त्यस्तै ३१ जनाको ज्यान गएको छ ।

यसैबीच स्याङजामा १३ जना सङ्क्रमित थपिएकाछन् । पाँच महिला र आठ पुरुषमा सङ्क्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नयाँ थपिनेमा पुतली बजार नगरपालिकाका ४५,४५,१५,१२ र ४६ बर्षका महिला तथा ८ १८ र ५३ बर्षका पुरुष रहेकाछन् त्यस्तै वालिङ ८ का २१ बर्षका पुरुष र १२ का २४ बर्षका पुरुष रहेकाछन् यसैगरी आँधीखोला गाँउपालिकाका २६ र ४४ बर्षका पुरुष रहेकाछन् । त्यस्तै एक जना गल्याङ नगरपालिकाका हुन् ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP