स्याङजामा तीन बालबालिका सहित १२ जना सङ्क्रमित थपिए ।

स्याङजा :
स्याङजामा १२ जना सङ्क्रमित थपिएकाछन् । पाँच महिला र सात पुरुषमा सङ्क्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नयाँ थपिनेमा पुतली बजार नगरपालिकाका ४५,४५,१५,१२ र ४६ बर्षका महिला तथा ८, १८ र ५३ बर्षका पुरुष रहेकाछन् त्यस्तै वालिङ ८ का २१ बर्षका पुरुष र १२ का २४ बर्षका पुरुष रहेकाछन् यसैगरी आँधीखोला गाँउपालिकाका २६ र ४४ बर्षका पुरुष रहेकाछन् ।
यो सहित जिल्लामा सङ्क्रमितको संख्या तीन सय ७४ पुगेको छ भने तीन सय आठ जना निको भएकाछन् त्यस्तै तीन जना सङ्क्रमितको मृत्यु भएको छ ।

-गण्डकी प्रदेश : ४७ जना सङ्क्रमित थपिए,एक जनाको मृत्यु ।

Facebook Comments Box
TOP