गण्डकी प्रदेश : ४७ जना सङ्क्रमित थपिए,एक जनाको मृत्यु ।

स्याङजा
गण्डकी प्रदेशमा थप ४७ जना कोरोना सङ्क्रमित थपिएकाछन् भने एक जना सङ्क्रमितको मृत्यु भएको छ ।
आज थपिनेमा नवलपरासी बर्दघाट सुस्ता पूर्बका २० जना, स्याङजाका १२ जना, तनहुँका नौं जना, कास्कीका ३ जना र मनाङ, लमजुङ र गोरखाका एक÷एक जना रहेकाछन् ।
यसैबीच गण्डकी प्रदेशमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुशार गोरखाको बारपाक सुलिकोट ८ का ६३ बर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो । क्यान्सर रोगको उपचार गराउदै आएकी उनको काठमाण्डौं छाउनीको बिरेन्द्र अस्पतालमा मृत्यु भएको हो ।
यो सहित गण्डकीमा सङ्क्रमितको संख्या तीन हजार एकं सय १२ पुगेको छ भने एक हजार आठ सय ९५ जना निको भएका छन त्यस्तै ३० जनाको ज्यान गएको छ ।
-स्याङजामा एक बालक सहित १२ जना सङ्क्रमित थपिए ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…