गण्डकी प्रदेश : ४७ जना सङ्क्रमित थपिए,एक जनाको मृत्यु ।
स्याङजा
गण्डकी प्रदेशमा थप ४७ जना कोरोना सङ्क्रमित थपिएकाछन् भने एक जना सङ्क्रमितको मृत्यु भएको छ ।
आज थपिनेमा नवलपरासी बर्दघाट सुस्ता पूर्बका २० जना, स्याङजाका १२ जना, तनहुँका नौं जना, कास्कीका ३ जना र मनाङ, लमजुङ र गोरखाका एक÷एक जना रहेकाछन् ।
यसैबीच गण्डकी प्रदेशमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुशार गोरखाको बारपाक सुलिकोट ८ का ६३ बर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको हो । क्यान्सर रोगको उपचार गराउदै आएकी उनको काठमाण्डौं छाउनीको बिरेन्द्र अस्पतालमा मृत्यु भएको हो ।
यो सहित गण्डकीमा सङ्क्रमितको संख्या तीन हजार एकं सय १२ पुगेको छ भने एक हजार आठ सय ९५ जना निको भएका छन त्यस्तै ३० जनाको ज्यान गएको छ ।
-स्याङजामा एक बालक सहित १२ जना सङ्क्रमित थपिए ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


