राजनीतिक कोपभाजनमा परेका एस्पी कणेलले लेखे,“मोहर थिएँ त्यसै मोहरा बन्न सकिएन” (बिश्लेषण सहित)

cover pic

राधाकृष्ण डुम्रे :
“नोट थिएँ यसै सिक्का भन्न सकिएन, मोहर थिएँ त्यसै मोहरा बन्न सकिएन” स्याङजाका प्रहरी प्रमुख एस्पी बिमलराज कणेलले आफ्नो फेसबुक वालमा यस्तो पोष्ट गरे पछि ध्यान नतान्ने कुरै भएन, किन यस्तो पोष्ट आयो, कारण के रहेछ भनेर बुझ्दै जाँदा उहाँकोे सरुवा भएको रहेछ ।
फाल्गुणको अन्तिममा स्याङजा आउनु भएका एस्पीको अनपेक्षित सरुवाको कारण राजनैतिक दाउपेच नै हो भन्ने सहजै बुझ्न सकिन्छ, एस्पी कणेलले आफ्नो फेसबुकमा पोष्ट गर्नु भएको स्टाटसले पनि त्यतै तिर ईंगित गर्दछ ।

.

एस्पी बिमलराज कणेलको फेसबुकवालबाट लिईएको स्क्रिन सर्ट


हुन त कर्मचारी प्रशासनमा सरुवा स्वभाविक प्रक्रिया हुन आउछ, प्रशासन मानिसको अनुहार हेरेरे होईन कि, कानुन अनुशार चल्नु पर्ने हो तर स्याङजामा कहिले काँही त्यसको अपवाद हुन आउछ । आफै कोरोना संक्रमित हुँदा समेत जिल्लामा शान्ति व्यवस्थापन राम्रो गरिरहेका एस्पी कणेलको छोटो समयमा किन सरुवा भयो ? जेमा पनि राजनीतिक हस्तक्षेप नै हुने हो ? जस्ता प्रश्न स्याङजाका जनताले गरिरहेकाछन् ।
नेपाल कै उत्कृष्ट प्रजिअ घोषित राम बहादुर कुरुम्बाङको केही महिनामा नै सरुवा भएको थियो, त्यतिबेला पनि यो बिषय निक्कै चर्चामा आएको थियो, कतिपयले अहिले पनि भन्छन् राजनीतिक दलका नेताहरु बिशेषत सत्तारुढ दलका नेताहरुको आग्रहलाई अटेरी गरेकै कारण सफल प्रजिअ कुरुम्बाङ जिल्ला छोड्न बाध्य हुनु परेको थियो ।

के राजनीतिक कारणबाट नै भएको हो,एस्पी कणेलको सरुवा :
सरुवा स्वभाविक भए पनि एस्पी कणेलले नै पोष्ट गर्नु भएको बिचारबाट स्पष्ट छ राजनीतिक कारणबाट नै छोटो समयमा उहाँको सरुवा भएको हो । आफै कोरोना संक्रमित भए पनि उहाँले जिल्लामा शान्ति सुव्यवस्था बनाउन राम्रो भूमिका खेलेको नागरिक स्तरमा बुझाई रहेको छ , सरुवाको कारण खोतल्नका लागि चापाकोटका मेयरको उपस्थितिमा वालिङमा भएको भनिएको कुटपिट र युवा संघका नेताले सर्बसाधारण व्यक्तिलाई कुटेको घटना तर्फ फर्कन आवश्यक छ ।
पछिल्लो समय जिल्लामा चर्चित यो घटना मिलिसकेको छ तर पनि यही घटनाका कारण यो भन्दा अगाडि वडा प्रहरी कार्यालयका प्रमुख निरन्जन घिमिरेको पोखरा काज सरुवा भएको थियो भने अहिले जिल्ला कै प्रहरी प्रमुखको सरुवा हुन पुगेको छ । जिल्लामा घटेका पछिल्ला घटना जो घटे पछि राजनीतिको रंगमा जोडिए त्यस मध्ये चापाकोटको कृषि बिकास बैंकका गार्डमाथि भएको कुटपिटको घटना सल्टिन बाँकी नै छ ।

कांग्रेस कार्यकर्ताले नारा लगाए, सत्तारुढ नेकपाले कार्यान्वयन गरिदियो :
सत्तामा जो छ उसकै कारण सरुवा त हुने नै भयो , सत्तामा जो जान्छ उसले प्रहरी प्रशासनलाई आफ्नो नियन्त्रणमा राख्न खोजेको जहिले पनि देखिन्छ चाहे त्यो अहिलेको सत्तारुढ नेकपा होस चाहे त्यो पहिलेको सत्तारुढ कांग्रेस होस् ।
स्याङ्जामा पनि राज्यसत्ताको प्रयोग नहुने कुरै भएन, कानुनको कार्यान्वयन गर्न खोज्दा एस्पी कणेल र प्रहरी निरिक्षक घिमिरे राजनीतिक दलको कोपभाजनमा परे ।
बढो रोचक कुरो के छ भने कांग्रेस कार्यकर्ताले पनि एस्पी कणेल बिरुद्ध सार्वजनिक ठाँउमा नै नारा लगाएका थिए । उनीहरुको नारा थियो, “ढटुवा एस्पी बहिस्कार गरौं” चापाकोटका युवाहरुलाई कुटपिटको आरोपमा नियन्त्रणमा राख्दा एस्पी बिरुद्ध यस्तो नारा नै लागेको थियो ।
अर्काे तर्फ सत्तारुढ नेकपाका नगर कमिटि अध्यक्ष राजेन्द्र डुम्रेले बिभिन्न घटनालाई जोडेर प्रहरी प्रशासन बिरुद्ध कडा प्रहार नै गर्नु भएको थियो । शक्तिशाली सत्तारुढ दलका नेताले सामाजिक सञ्जालमा प्रहरी तथा उस्को जिल्ला नेतृत्वमा माथि नै कडा प्रहार गरेपछि अव केही हुनेवाला छ भनेर धेरै ले अनुमान लगाएका थिए ।

.

राजेन्द्र डुम्रेकोे फेसबुकवालबाट लिईएको स्क्रिन सर्ट

छोटो समयमा नै एस्पीको कणेलको सरुवा पछि सामाजिक सञ्जालमा कसले के भने :

राजनीतिका जानकार एवं युवा अभियान्ता दिनकर नेपालले मन्त्री पद्मा अर्यालको तस्विर नै राखेर फेसबुकमा पोष्ट गर्नु भएको छ जहाँ भनिएको छ, “अहिले स्याङजामा भएको अपराधी सत्ताको नाङ्गो नाच बिरुद्ध जनताले आन्दोलन गर्न सक्नु पर्छ ।” उहाँको पोष्ट केही लामो रहेको छ र निश्कर्षमा भनिएको छ “राष्ट्रसेवक कर्मचारीलाई सजायँ ।”
त्यस्तै पत्रकार महासंघका निर्वतमान् अध्यक्ष प्रकाश डोटेल,बर्तमान् उपाध्यक्ष अर्जुन काफ्ले, प्रेस युनियन स्याङ्जाका सभापति प्रदिप कोईराला लगायतले पनि अनपेक्षित सरुवाको बिरोध गरेकाछन् तर उनीहरुको पोष्टमा आएका प्रतिक्रिया भने मिश्रित रहेकाछन् ।

.

दिनकर नेपालकोे फेसबुकवालबाट लिईएको स्क्रिन सर्ट
प्रकाश डोटेलकोे फेसबुकवालबाट लिईएको स्क्रिन सर्ट
प्रदिप कोईरालाकोे फेसबुकवालबाट लिईएको स्क्रिन सर्ट
अर्जुन काफ्लेकोे फेसबुकवालबाट लिईएको स्क्रिन सर्ट

अन्य केही प्रतिक्रियाहरु :

.

के प्रहरी दलका नेताले भने झै काम कारवाहीमा चुकेको थियो त :

राजनीतिक दलका नेताहरुले आफ्ना कार्यकर्ताले जतिसुकै गलत गरे पनि ढाकछोप गर्छन् नै भएको पनि यहि हो, प्रहरीले काम गर्दा गर्दै अनावश्यक आरोप लगाईएको स्पष्ट बुझ्न सकिन्छ । राजनीतिक दलका नेताहरुले केवल आफ्नो स्वार्थमा मात्रै काम गरेको स्पष्ट छ अन्यथा झण्डै दुई हप्ता देखि बेपत्ता वालिङका किसोर राजन पौडेलको बिषयमा पनि यिनीहरु बोल्थे, राजनको परिवार जस्ता धेरै सर्वसाधारणले न्याय पाएका छैनन् जहाँ प्रहरी समेत चुकेको हो की भन्ने शंका गर्न सकिन्छ तर यस तर्फ राजनैतिक दलका नेताहरुको कुनै ध्यान गएको देखिदैन किनकी ति आफ्ना घोषित कार्यकर्ता नै परेनन् ।
अवका एस्पी बोगटीसँग जिल्लाबासीको अपेक्षा :
स्याङ्जामा नयाँ प्रहरी प्रमुखका रुपमा एस्पी होबिन्द्र बोगटी आउदै हुनुहुन्छ, उहाँलाई जिल्लामा स्वागत छ,राजनैतिक दलका नेताहरुले त झनै उहाँको तस्विर नै राखेर स्वागत भन्न थालिसकेका छन् । तर यो स्वागत त्यती बेला सम्म निक्कै राम्रो रहन्छ जतिबेला सम्म नेताको काम सहजै प्रहरीबाट हुन्छ वा उनीहरुले भनेको हुबहु मान्ने अवस्था रहन्छ, यदि कानुनको पालना गर्न र गराउन थाल्नु भयो भने एस्पी बोगटी प्रति पनि यहाँका राजनैतिक दलका नेताहरु जाई लाग्नेछन्, सत्ताको प्रयोग हुनेछ अनि कसले,कहाँबाट,कसरी सक्छन्, जिल्लामा अलोकप्रिय रहेको हवला दिदै सरुवाको हुट्हुटीमा दौडिन्छन् । यो कुरा तितो यर्थाथ हो । प्रजिअ कुरुम्बाङ र एस्पी कणेल यसका पछिल्ला अनि गतिला उदाहरण हुन् ।
नयाँ आउनु हुने प्रहरी प्रमुख बोगटीलाई स्वागत छ तर बिदाई पनि रमाईलो गरी गर्न पाईयोस् हाम्रो पनि शुभकामना ।

(‘कोपभाजन’ को अर्थ – कोपको भागी अर्थात् क्रोधको शिकार- सं)

Facebook Comments Box
TOP