कोरोना जितेका एसपी भन्छन् ‘आयुर्वेदिक औषधी र व्यायामले सहज बनायो।’

अर्जुन काफ्ले/स्याङ्जा :
कोरोना सङक्रमण देखिएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपीले बिमलराज कणेलले पहिलो रिपोर्ट आएको आठ दिनमै कोरोना माथि बिजय हात पार्नु भएको छ ।
साउन ६ गते तीन जना सुरक्षाकर्मीमा कोरोना देखिएपछि ७ गते पीसीआर परिक्षणका लागि एसपी सहितका प्रहरीको स्वाब लिइएको थियो ।
साउन १२ गते कोरोना पोजेटिभ देखिएपछि क्वाटर भित्रै आइसोलेनमा बस्नु भएकोमा सङक्रमण देखिएको नवौ दिनमा पीसीआर टेष्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्यका प्रमुख याम प्रसाद शर्माले बताउनुभयो ।
आफुसगै ४० जना सुरक्षाकर्मीमा कोरोना देखिएकोमा साउन ६ गते कोरोना पुष्टि भएका दुई सहित एसपी कणेलको नजिता नेगेटिभ आएको हो ।
आइसेलेन बसेको समयमा गुर्जो रात भर भिजाएर दुई गिलास पानीलाई तताएर एक गिलास बनाएर हरेक दिन खाएको बताउदै एसपी कणेलले अस्वगन्धा, तुसली, बोझो खाएको र दिनको डेढ घण्टा शारिरिक ब्यायम गरेको एसपी कणेलले बताउनु भयो । उहाँले भन्नुभयो, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले आयुर्वेदीक औषधी उपलव्ध गरायो, जसले मलाई कोरोना जित्न सहज बनायो ।
माछा मासु नखाएको बताउदै एसपी कर्णेलले बेसार, कागती, अदुवा आफ्नो स्वास्थ्यको सहयोगी बनेको बताउनुभयो ।
उहाँले पोजेटिभ देखिएको नवौ दिनमा नेगेटिभ आए पनि समग्रमा पहिलो स्वाब लिएको चौध दिनमा दोस्रो पटक परीक्षण गरिएको बताउनुभयो ।
कोरोना सङक्रमणको बेला सेट र मोबाइल फोनबाट ड्युटी गरेको बताउदै एसपी कणेलले अब भने भौतिक रुपमै काममा फर्केने बताउनुभयो ।
मास्क लगाउने र सेनिटाइजर प्रयोग गर्ने बताउदै उहाँले सामाजिक दुरी कायम गरेर भेटघाट र कामलाई कमि हुन नदिने स्पष्ट पार्नुभयो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका बरिष्ठ कबिराज निरिक्षक एबं सुचना अधिकारी देवेन्द्र आचार्यले आयुर्वेदका औषधीहरु नियमित रुपमा उपलव्ध गराएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो माग भएका खण्डमा अन्य संक्रमितहरुलाई पनि उपलव्ध गारउन सक्छौं । उहाँले यसअघि जिल्ला अस्पतालमा राखिएका संक्रमितलाई निरन्तर आयुर्वेदिक औषधी उपलव्ध गराएको जानकारी दिनुभयो ।
यस्तै अर्जुन चौपारी ५ का ४२ बर्षिय परुषमा भने तस्रो पटक पनि कोरोना पोजेटिभ देखिएको छ ।
जेठ ३० गते भारतबाट आएर असार १३ पोजेटिभ देखएका पुरुषमा सगै सङक्रमण देखिएका १७ जना घर फर्किदा उनको भने अझै पोजेटिभ आएको हो । गोरखापत्र दैनिक
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
५ दिन अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…