स्याङ्जा : एसपी सहित २५ जना प्रहरीले कोरोना जिते

स्याङ्जा :
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी सहित २५ जना प्रहरीले कोरोना जितेका छन् । उनीहरुको दोस्रो पटक गरिएको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयाे । कोरोना संक्रमण भएर उपचाररत ४१ जनाको दोस्रो पटक स्वाव संकलन गरि पठाईएकोमा २५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनु भयाे । डिएसपी अधिकारीका अनुसार शुक्रबार २२ जना र विहिबार एसपी सहित तीन जनाको दोस्रोपटकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
प्रहरी मध्ये साउनको पहिलो साता तीन जना पहिलोपटक कोरोना संक्रमित भएका थिए । साउन १२ गते प्रहरी प्रमुख सहित १८ जनामा, १९ गते १६ जनामा र त्यसपछि चार जना प्रहरीमा कोरोना संक्रमण भएको थियो । प्रहरी प्रमुख एसपी आफ्नै निवासमा आईसोलेसनमा बस्नु भएकाे थियाे । अन्य प्रहरी भने जिल्ला अस्पताल स्याङ्जा, कालिका सामुदायिक अस्पताल हेलु, गल्याङ नगर अस्पताल गल्याङमा रहेको आइसोलेसनमा उपचाररत थिए । कोरोना निको भएका प्रहरीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा ल्याइएको अधिकारीले जानकारी दनुभयाे । उहाँले उनीहरुलाई एक हप्ता छुट्टै वस्ने व्यवस्था मिलाइएको बताउनु भयाे । अहिले १६ जना प्रहरी आइसोलेसनमा उपचाररत छन् ।
यो पनि पढ्नुहोस् : कोरोना जितेका एसपी भन्छन् 'आयुर्वेदिक औषधी र व्यायामले सहज बनायो।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…