साथीसँग खेल्न गएका राजन हराएको १५ दिन बितिसक्यो अझै छैन अत्तोपत्तो !
खगीन्द्र पौडेल/ स्याङ्जा :
आफ्नै साथीसँग खेल्न गएका राजन पौडेल दुई हप्तादेखि बेपत्ता छन् । उनको खोजीमा लागिरहेको प्रहरीले बताउँदै आएको छ । सँगै खेल्न गएका दुई जना साथी अहिले पनि प्रहरी नियन्त्रणमा छन् । गत साउन २६ गते आफ्ना दुई जना साथीहरुसँग पोडी खेल्न गएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
राजनले लगाएको कपडा र मोबाइल भीरकोट नगरपालिकाको ओडारेस्थित आँधिखोलाको किनारमा फेला परेको थियो । कपडा भेटिएको ठाउँबाट मोबाइल भेटिएको ठाउँ झन्डै ३ सय मिटरको दूरीमा रहेको आफन्तको भनाइ छ । राजनको मोबाइल फुटेको अवस्थामा फेला परेको बताइएको छ ।
यहाँनेर गम्भीर विषय त के छ भने अघिल्लो दिन सँगै गएका साथीहरू भोलिपल्ट बेपत्ता राजनको खोजीमा समेत हिँडेका थिए । उनैले अर्काे दिनमात्रै राजन खोलामा पोडी खेल्न जाँदा हराएको सूचना दिएको राजनको परिवारले जनाएको छ ।
नयाँ आएका इन्सपेक्टरले ३ दिनको समय मागेका थिए तर ६ दिन बितिसक्यो । राजन बेपत्ता भएसँगै लगातार वडा प्रहरी कार्यालय घेराउसमेत भएको थियो, यही बीचमा तत्कालीन वडा प्रहरी प्रमुख निरञ्जन घिमिरेको पोखरा काज सरुवा भयो र नयाँ प्रहरी प्रमुखका रूपमा प्रहरी निरीक्षक हरिप्रसाद पौडेलको वालिङमा आगमन भयो ।
वालिङ आएकै दिन प्रहरी निरीक्षक पौडेलले जनमानससमक्ष भन्नुभएको थियो– ‘३ दिनको समय दिनुस् म सत्य–तथ्यबाहिर ल्याएर छाड्छु ।’ तर, उहाँले भनेको आज ६ दिन भइसकको छ, अझै बेपत्ता राजनको कुनै अत्तोपत्तो छैन ।
तपाईले ३ दिन भन्नुभएको थियो, किन सत्य–तथ्यबाहिर ल्याउन सक्नुभएन भन्ने प्रश्नमा निरीक्षक पौडेलले भन्नुभयो– ‘हामी अनुसन्धानमा नै छौं सत्य–तथ्य छिटै सार्वजनिक गर्छौं ।’
अहिलेसम्म के–के भए :
सर्वप्रथम राजन बेपत्ताभएको भोलिपल्ट उनको परिवारले प्रहरीमा उजुरी दिएको थियो । उजुरीमा राजनको खोजी गरिदिन माग गरिएको थियो । राजनको परिवार, प्रहरी र आफन्तको सक्रियतामा खोजी जारी रहेकै बेला साथीहरूकै हात रहेको सूचनाबाहिर आउँछ ।
उनका दुई जना साथी प्रहरी नियन्त्रणमा पर्छन् र अनुसन्धानको स्वरूप परिवर्तन भएको देखिन्छ । प्रहरीले केही कमजोरी गरेको आरोप लगाउँदै उनका आफन्त र सर्वसाधारणले प्रहरी कार्यालय घेराउ गर्छन् । तत्कालीन प्रहरी निरीक्षक निरञ्जन घिमिरेको सक्रियतामा पोखराबाट गोताखोरको टोली आई आँधीखोलामा खोजतलास गरिन्छ । प्रहरी निरीक्षक घिमिरेको काज सरुवा हुन्छ र पोखराबाट कमान्ड सम्हाल्ने हरिप्रसाद पौडेलको वालिङ आगमन हुन्छ ।
फेरि पनि गोताखोरको सहायतामा आँधीखोलामा खोजी हुन्छ, यही बीचमा वालिङका युवा टोलीले समेत आँधीखोलामा खोजी गर्छन् । बेपत्ता राजन तथा पक्राउ परेको उनका साथीहरूको कल डिटेल लिने काम भएको बताइएको छ । उनीहरूको सामाजिक सञ्चालको अनुसन्धान जारी रहको प्रहरीको भनाइ छ । पक्राउ परेका एक जनालाई ५ दिन र अर्काेलाई १० दिन थुनामा राखी अनुसन्धान गर्न अदालतबाट स्वीकृति छ ।
दुवैलाई छुट्टा–छुट्टै राखेर अनुसन्धान र बयान लिने कामभएको प्रहरीको भनाइ छ । मोबाइल, सामाजिक सञ्जाल तथा अन्य विवरणको थप पुष्टिका लागि डिजिटल फरेन्सिक ल्याबमा तीनै जनाको मोबाइल पठाइएको बताइएको छ ।
परिवारमा शंका :
बेपत्ता राजनको परिवार उनी जीवितै आउनेमा शंका गरिरहेका छन् । राजनकी आमा कमला पौडेलले एक युट्युब च्यानललाई दिएको अन्तर्वार्ताले यस्तै कुरातर्फ संकेत गर्दछ । प्रहरीको ध्यान पनि उनको अवस्था पत्ता लगाउनमा नै केन्द्रित रहेको बताइएको छ ।
- –साथी सँगै खेल्न गएका वालिङका किसोर एक हप्ता देखि बेपत्ता !
- –किन घेरे महिलाहरुले प्रहरी, कसले बनायो वालिङका किसोर बेपत्ता, कपडा र मोबाईल भेटियो खोलाको तिरमा
- –बेपत्ता किसोर अझै किन भेटिएनन्, यसरी गरे युवाहरूले आँधीखोलामा खोजी, हेर्नुहोस् भिडियो
- –एक साता देखि बेपत्ता पौडेलको खोजीको माग गर्दै प्रहरी कार्यालय घेराउ ।
- –बेपत्ता राजनको खोजीमा किन हुँदैछ ढिलाई, तीन दिनको समय मागेको प्रहरी के गर्दैछ ?
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …