एक साता देखि बेपत्ता पौडेलको खोजीको माग गर्दै प्रहरी कार्यालय घेराउ ।
श्रीकृष्ण सिग्देल/स्याङ्जा :
एक सातादेखि हराइरहेका स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १० पाईनिअज रोड बस्ने १८ वर्षिय राजन पौडेलको खोजी गरिदिन आफन्तहरुले प्रहरीलाई दवाव दिएका छन् । बेपत्ता भनिएका पौडेलको आज सम्म पनि प्रहरीले खोजी नगरेको भन्दै उनका आफन्तहरुले स्याङ्जाको वडा प्रहरी कार्यालय वालिङ घेराउ गरि दवाव दिएका हुन् । हराएका पौडेलको खोजि गरिदिन उनकी आमा कमला पौडेलले प्रहरी निबेदन दिएकी थिइन् । आफन्तहरुले खोजी गरिदिन आग्रह गरेपनि प्रहरीले चासो नदेखाएपछि दवावमुलक आन्दोलन गर्नुपरेको पौडेलका आफन्तहरुले बताएका छन् । कि सास देउ कि लास देउ, भष्ट्रचार गर्न पाईदैन, पिडितलाई न्याय देउ भन्दै पौडेलका आफन्तले प्रहरी कार्यालय बाहिर नाराबाजी गरेका थिए । जिल्ला प्रहरी स्याङ्जाका अनुसार साउन २६ गते स्याङ्जाको भीरकोट नगरपालिका वडा नं. ४ आँधीखोलास्थित ओडारे रहमा पौडी खेल्ने क्रममा बेपत्ता भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको बताईएको छ । बेपत्ता पौडेलको खोजि गर्न प्रहरीले गोताखोरको सहायत लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । गोताखोरको सहायतामा खोजी भएपनि अहिले सम्म पौडेल फेला नपरेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
.

साउन २६ गते साथीहरु सगँ पौडी खेल्न गएका पौडेल आँधीखोलाले बगाएको बताइएको छ । तर पौडेलका साथीहरुले ३ दिन पछि मात्रै पौडी खेल्न जादा आँधीखोलाले वगाएको बयान दिएपछि उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पौडेलका साथीहरुले समयमा खबर नगरेको आरोप लगाउदै उनीहरुलाई कारवाहिको माग समेत गरेका छन् । प्रहरीले घट्नाको सत्यतथ्य बाहिर आउने विश्वास आफन्तलाई दिएको छ ।
किन घेरे महिलाहरुले प्रहरी, कसले बनायो वालिङका किसोर बेपत्ता, कपडा र मोबाईल भेटियो खोलाको तिरमा
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


