साथी सँगै खेल्न गएका वालिङका किसोर एक हप्ता देखि बेपत्ता !


स्याङ्जा :

स्याङ्जाको वालिङ नगरपालिका वडा नं. १० पाईनिअज रोड बस्ने १८ वर्षिय राजन पौडेल एक हप्ता देखि बेपत्ता भएका छन् । साथी सँगै खेल्न गएका पौडेल एक हप्ता देखि बेपत्ता भएको परिवारले जनाएको छ ।
आफ्नो छोरोका खोजी गरिदिन उनकी आमा कमला पौडेलले प्रहरीलाई निबेदन दिएको र सोही आधारमा खोजी भईरहेको प्रहरीले जनाएको छ ।
सँगै खेल्न गएको भए पनि तीन दिनमा सम्म उनका दुई जना साथीहरुले कुरा लुकाउदै आएका थिए, परिवारको किटानी जाहेरी पछि उनका दुई साथीलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
राजन बेपत्ता पारिएको घटना संकास्पद र नियोजित रहेको परिवार तथा आफन्तको भनाई छ ।
पौडेल श्रावण २६ गते देखि भीरकोट नगरपालिका वडा नं. ४ आँधीखोलास्थित ओडारे रहबाट पौडी खेल्ने क्रममा बेपत्ता भएको उनका साथीहरुको भनाई रहेको बताईएको छ ।
खोलाको तिरमा पाईन्ट तीन दिन पछि फेला परेको थियो भने अर्काे दिन टिसर्ट र त्यस पछाडि तोडफोड भएको अवस्थामा मोवाईल भेटिएको परिवारले बताएको छ ।
बेपत्ता पौडेलको खोजि गर्न प्रहरीले गोताखोरको सहायता लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
यसैबीच वालिङका सर्बसाधारणले दोसीलाई कडा कारवाही र राजनको तत्काल खोजी गर्न दवाव दिदै आज वडा प्रहरी कार्यालय घेराउ समेत गरेकाछन् ।

किन घेरे महिलाहरुले प्रहरी, कसले बनायो वालिङका किसोर बेपत्ता, कपडा र मोबाईल भेटियो खोलाको तिरमा

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP