बेपत्ता राजनको खोजीमा किन हुँदैछ ढिलाई, तीन दिनको समय मागेको प्रहरी के गर्दैछ ?

वालिङ :
आफ्नै साथीसँग खेल्न गएका राजन पौडेल दुई हप्ता देखि बेपत्ता छन् । उनको खोजीमा लागि रहेको प्रहरीले बताउदै आएको छ । सँगै खेल्न गएका दुईजना साथीहरु अहिले पनि प्रहरी नियन्त्रणमा छन् । श्रावण २६ मा आफ्ना दुई जना साथीहरुसँग पोडिन गएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । राजनले लगाएको कपडा र मोवाईल भीरकोट नगरपालिकाको ओडारे स्थित आँधीखोलाको किनारमा फेला परेको थियो । कपडा भेटिएको ठाँउबाट मोवाईल भेटिएको ठाँउ झण्डै ३ सय मिटरको दुरीमा रहेको आफन्तको भनाई छ । राजनको मोवाईल फुटेको अवस्थामा फेला परेको बताईएको छ ।
यहाँनेर गम्भिर बिषय त के छ भने अघिल्लो दिन सँगै पौडिन गएका साथीहरु भोलिपल्ट बेपत्ता राजनको खोजीमा समेत हिडेको थिए उनैले अर्काेदिन मात्रै राजन खोलामा पोडिदा हराएको सूचना दिएको राजनको परिवारले जनाएको छ ।

नयाँ आएका ईन्सपेक्टरले ३ दिनको समय मागेका थिए तर ६ दिन बितिसक्यो :
राजन बेपत्ता भएसँगै लगातार वडा प्रहरी कार्यालय घेराउ समेत भएको थियो, यही बीचमा तत्कालिन वडा प्रहरी प्रमुख निरन्जन घिमिरेको पोखरा काज सरुवा भयो र नयाँ प्रहरी प्रमुखका रुपमा प्रहरी निरिक्षक हरि प्रसाद पौडेल वालिङमा आगमन भयो । वालिङ आएकै दिन प्रहरी निरिक्षक पौडेलले जनमानस समक्ष भन्नुभएको थियो, “३ दिनको समय दिनुस् म सत्यतथ्य बाहिर ल्याएर छाड्छु” तर उहाँले भनेको आज ६ दिन भईसकको छ अझै बेपत्ता राजनको कुनै अत्तोपत्तो छैन ।
तपाईले ३ दिन भन्नुभएको थियो, किन सत्यतथ्य बाहिर ल्याउन सक्नुभएन भन्ने आँधीखोला खबरको प्रश्नमा निरिक्षक पौडेलले भन्नुभयो, “हामी अनुसन्धानमा नै छौं सत्यतथ्य छिटै सार्वजनिक गछौं”

अहिले सम्म के के भयो, अनुसन्धान कहाँ पुग्यो :
अहिले सम्मको अवस्थालाई नियाल्दा वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँणले आफ्नो फेसबुकमा पोष्ट गर्नु भएको स्टाटसलाई यहाँनेर प्रस्तुत गर्न सान्दर्भिक रहन्छ । आँफू अस्वस्थ हुँदा समेत बेपत्ता राजन पौडेलको खोजी र सत्यतथ्य पत्ता लगाउन खटिई रहनु भएका प्रमुख खाँणको स्टाटसमा लेखिएको छ, “राजन पौडेल !!! संवन्धित व्यक्तिहरुको बयान, Cell phone को detail record , अन्य संवन्धित पक्षबाट सूचना संकलन साथै जाहेरीपत्रलाई आधार मानी अनुसन्धान भईरहेको छ । केही दिनमा नै (झुठो बोली समात्ने यन्त्र) LDM द्वारा परिक्षण गरिने जानकारी अनुसन्धान अधिकृत जि ले जानकारी गर्नु भएको छ । बिश्वास छ सत्यतथ्य छिटो आउने छ अनुसन्धान स्वतन्त्र होस, हामी सबैले सहयोग गरौ । गर्नेछौं । छिटो होस न्याय होस् ।”

.

नगर प्रमुख खाँणको फेसवुकवालबाट लिईएको स्क्रिन सर्ट


नगर प्रमुख खाँणको यो पोष्टबाट के स्पष्ट हुन्छ भने अनुसन्धान जारी छ, तर सबैले दवाव र सहयोग अझै आवश्यक छ ।
प्रश्न उठ्छ ! किन यति ढिला भयो त बेपत्ता राजनको अवस्था पहिचान गर्न ? के प्रहरी अनसन्धानमा चुके कै हो ?
अहिले सम्म के के भए :

  • -सर्बप्रथम राजन बेपत्ता भएको भालिपल्ट उनको परिवारले प्रहरीमा उजुरी दिएको थियो, उजुरीमा राजनको खोजी गरिदिन माग गरिएको थियो ।
  • -राजनको परिवार,प्रहरी र आफन्तको सक्रियतामा खोजी जारी रहेकै बेला साथीहरु कै हात रहेको सूचना बाहिर आउछ ।
  • -उनका दुई जना साथी प्रहरी नियन्त्रणमा पर्छन र अनुसन्धानको स्वरुप परिवर्तन भएको देखिन्छ ।
  • -प्रहरीले केही कमजोरी गरेको आरोप लगाउदै उनका आफन्त र सर्वसाधारणले प्रहरी कार्यालय घेराउ गर्छन ।
  • -तत्कालिन प्रहरी निरिक्षक निरन्जन घिमिरेको सक्रियतामा पोखराबाट गोताखोरको टोली आई आँधीखोलामा खोज तलास गरिन्छ ।
  • -प्रहरी निरिक्षक घिमिरेको काज सरुवा हुन्छ र पोखराबाट कमाण्ड सम्हाल्न हरि प्रसाद पौडेल वालिङ आगमन हुन्छ ।
  • -फेरी पनि गोताखोरको सहायतामा आँधीखोलामा खोजी हुन्छ, यही बीचमा वालिङका उर्जाशिल युवाहरुको टोलीले समेत आँधीखोलामा खोजी गर्छन् ।
  • -बेपत्ता राजन तथा पक्राउ परेको उनका साथीहरुको कल डिटेल लिने काम भएको बताईएको छ ।
  • -उनीहरुको सामाजिक सञ्चालको अनुसन्धान जारी रहको प्रहरीको भनाई छ ।
  • -पक्राउ परेका एक जनालाई ५ दिन र अर्काेलाई १० दिन थुनामा राखी अनुसन्धान गर्न अदालतबाट स्वीकृति छ ।
  • -दुवैजनालाई छुट्टा छुट्टै राखेर अनुसन्धान र बयान लिने काम भएको प्रहरीको भनाई छ ।
  • -मोवाईल, सामाजिक सञ्जाल तथा अन्य बिबरणको थप पुष्टीको लागि डिजिटल फरेन्सिक ल्यावमा तिनै जनाको मोवाईल पठाईएको बताईएको छ ।

राजनको परिवारको आशा र अवको अनुसन्धान :
बेपत्ता राजनको परिवार उनी जिवितै आउनेमा ठुलो शंका गरिरहेको छ । राजनकी आमा कमला पौडेलले एक युट्युव च्यानललाई दिएको अन्तर्वार्ताले यस्तै कुरा तर्फ संकेत गर्दछ । प्रहरीको ध्यान पनि उनको अवस्था पत्ता लगाउनमा नै केन्द्रित रहेको बताईएको छ । स्थानीय सररकार वालिङ नगपालिकाले पनि राजनको वास्तविकता पत्ता लगाउनका लागि दवावसँगै सहयोग गरिरहेको स्पष्टसँग देख्न सकिन्छ ।
राजनको परिवारले दोसी माथि कडा भन्दा कडा कारवाही गर्न माग गरिरहेको छ, उनकी आमाले आफ्नो छोराको नियोजित हत्या नै भएकोे आरोप लगाउनु भएको छ । जसको सत्यतथ्य प्रहरीले अवश्य सार्वजनिक गर्ला । जति ढिलो हुन्छ उति नै परिवारमा तनाव र पीडा हुँदै जाने छ अनुसन्धान गर्ने निकायले यस तर्फ ध्यान दिन जरुरी छ ।
प्रहरीको अनुसन्धानका धेरै बिषय समाचारमा उल्लेख गर्न उपयुक्त नहोला,तर अनुसन्धान सही र वास्तविक अनि छिटो हुनु पर्दछ, जसको लागि सबैको खवरदारी आवश्यक छ ।
अन्त्यमा हामी पनि भन्छौं छिटो होस् न्याय होस् ! राजनको परिवारलाई छिटाे न्याय देउ !!!

Facebook Comments Box
TOP