वालिङका नयाँ संक्रमित:सँगै बसेका साथी संक्रमित भएको १० दिन पछि बल्ल आयो रिपोर्ट !

corona virus

स्याङ्जा :
स्याङ्जाको वालिङ नगरपालिकामा ८ जना नयाँ कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै वालिङको क्वारेन्टीइनमा भारतबाट आई बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भयो ।
वालिङमा भेटिएका नयाँ संक्रमित यसअघि नै कोरोना पुष्टि भइसकेकाहरुसँगै आएर सँगै क्वारेन्टीइनमा बसेका थिए । भारतबाट सँगै एउटै समूहमा आएर क्वारेन्टीइनको एउटै कोठामा बसेका थिए ।
तर साथीहरु संक्रमित भएको पहिचान भएको १० दिन पछि सँगै आएकाहरु पनि संक्रमित भएको पुष्टी भएको हो । उनीहरु नगरपालिका कै क्वारेन्टीनमा नै बसिरहेकाछन् । उनीहरुको पिसिआर परिक्षणका लागि १८ गते नै स्वाव संकलन गरी पठाईएको भए पनि निक्कै ढिलो गरी रिपोर्ट आएको हो । किन यति ढिलो भयो रिपोर्ट आउन भन्ने प्रश्नमा गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर बिनोद बिन्दु शर्माले चाप धेरै भएका कारण रिपोर्ट आउन ढिलो भएको स्पष्ट पार्नु भयो । उहाँले स्वावलाई निक्कै सुरक्षित तरिकाले राखेर परिक्षण गरिएको भन्दै ढिलो हुँदैमा सही नतिजा आउदैन कि भनेर चिन्ता नलिन आग्रह गर्नुभयो ।
उनीहरु रिपोर्ट आउन ढिलो हुँदा निक्कै चिन्तीत रहदै आएका बताईएको छ ।
भारतदेखि गएको जेठ ११ गते वालिङको क्वारेन्टीइनमा १९ जनालाई ल्याइएको थियो । त्यसमध्ये जेठ १५ मै ३ जनामा कोरोना संक्रमण पुष्टी थियो । त्यही समूहमा आएर सँगै क्वारेन्टाइनमा बसेका ७ जनामा शनिबार बिहान कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

“अहिले सम्मका स्याङ्जामा पुष्टी भएका संक्रमित सबै भारतबाट आई क्वारेन्टिनमा बस्दै आएका र बाहिर कोही कसैसँग सम्पर्कमा नआएकाले त्रसित हुनु पर्ने अवस्था भने छैन ।”


त्यसअघि ८ गते सुनौलीदेखि सँगै आएर क्वारेन्टीइनमा बसेका ७ जनामध्ये जेठ १३ मै २ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यही समूहमा आएकामध्ये थप एक जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो । यो रिपोर्ट आउन पनि निक्कै ढिला भएको हो ।
वालिङखेल मैदानस्थित विभिन्न समाजघरमा नगरपालिकाले क्वारेन्टीइन बनाएको छ । त्यस्तै वालिङ नगरपालिकाका बिभिन्न बिद्यालयमा पनि नगरपालिकाले क्वारेन्टीन बनाएको छ । क्वारेन्टीनमा रहेका सबै भारतबाट आई बसेकाहरु हुन् उनीहरु स्वास्थ्यकमीको प्रत्यक्ष निगरानीमा रहेकाछन् ।
त्यस्तै वालिङ नगरपालिका सहितका स्थानीयतहको पहलमा कालिका सामुदायिक अस्पतालमा व्यवस्थित आईसोलेसन तयार पारिएको छ । अव संक्रमित सबैलाई त्यही अस्पतलामा राखिने छ ।

यो पनि हेर्नुहोस् :

.

Facebook Comments Box
TOP