वालिङकी संक्रमितलाई पोखराबाट स्याङ्जाकै आइसोलेसनमा फर्काइने

पाेखरा : पोखरामा उपचाररत वालिङकी कोरोना संक्रमित महिलालाई आज स्याङ्जाको हेलुस्थित कालिका सामुदायिक अस्पताल लगिने भएको छ ।
जिल्लामा आइसोलेसन बनाइएकाले उनलाई उपचारका लागि उतै लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयाे । वालिङ १३ घर भएकी ३९ वर्षीया ती महिलामा १४ जेठमा कोरोना पुष्टि भएको थियो ।
‘उता आइसोलेसन बनेको छ । त्यसैले उहाँलाई आज उतै लगिन्छ । उहाँको छोरा र देवारलाई संक्रमण भएको रहेछ,’ उहाँले भन्नुभयाे । स्याङ्जाको हेलुस्थित कालिका सामुदायिक अस्पतालमा ५० बेडको आइसोलेसन तयार पारिएकाले उतै लगिने निर्देशक शर्माले जानकारी दिनुभयाे । उक्त अस्पतालमा वाइफाई लगायत सुविधा उपलब्ध छन् ।
स्याङ्जा जिल्ला अस्पतालमा महिलाका लागि छुट्टै आइसोलेसन नभएपछि जेठ १५ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा ल्याइएको थियो । निर्देशक शर्माका अनुसार उनको अवस्था अहिले सामान्य छ । (समाधान न्युज डटकमबाट)
.
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…