वालिङकी संक्रमितलाई पोखराबाट स्याङ्जाकै आइसोलेसनमा फर्काइने
पाेखरा : पोखरामा उपचाररत वालिङकी कोरोना संक्रमित महिलालाई आज स्याङ्जाको हेलुस्थित कालिका सामुदायिक अस्पताल लगिने भएको छ ।
जिल्लामा आइसोलेसन बनाइएकाले उनलाई उपचारका लागि उतै लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयाे । वालिङ १३ घर भएकी ३९ वर्षीया ती महिलामा १४ जेठमा कोरोना पुष्टि भएको थियो ।
‘उता आइसोलेसन बनेको छ । त्यसैले उहाँलाई आज उतै लगिन्छ । उहाँको छोरा र देवारलाई संक्रमण भएको रहेछ,’ उहाँले भन्नुभयाे । स्याङ्जाको हेलुस्थित कालिका सामुदायिक अस्पतालमा ५० बेडको आइसोलेसन तयार पारिएकाले उतै लगिने निर्देशक शर्माले जानकारी दिनुभयाे । उक्त अस्पतालमा वाइफाई लगायत सुविधा उपलब्ध छन् ।
स्याङ्जा जिल्ला अस्पतालमा महिलाका लागि छुट्टै आइसोलेसन नभएपछि जेठ १५ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा ल्याइएको थियो । निर्देशक शर्माका अनुसार उनको अवस्था अहिले सामान्य छ । (समाधान न्युज डटकमबाट)
.
समाचार
थप सामाग्री-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
३ हप्ता अगाडि
चापाकोट : चापाकोट नगरपालिका वडा नं. १ को वडा कार्यालयमा आज युवाहरूले तालाबन्दी गरेका छन्। वडा अध्यक्ष भुपराज वोस्तीले स्थानीय…


