स्याङ्जामा एकैपटक थपिए १० जना संक्रमित, संक्रमितको संख्या २३ पुग्यो ।

स्याङ्जा :
स्याङ्जामा एकै पटक १० जना कोरोना संक्रमित थपिएकाछन् । स्याङ्जाको वालिङ नगरपालिका घर भई पालिका कै क्वारेन्टीनमा बस्दै आएका ८ जना र हरिनास गाँउपालिकाका घर भई पालिका कै क्वारेन्टीमा बस्दै आएका २ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमित पुष्टी हुनेहरुमा वालिङका १६, १९,२३,२५,३२,४४,५२ र ५४ बर्ष उमेरका पुरुषहरु रहेका छन् भने हरिनास गाउँपालिकाका १८ र ४० बर्ष उमेरका पुरुषहरु रहेकाछन् । उनीहरू सबै भारतबाट आएका हुन् ।
यो सँगै स्याङजामा संक्रमितको संख्या २३ पुगेको छ ।
यस अघि वालिङ कै ५ जना, गल्याङका २ जना, चापाकोट ४ जना र बिरुवाका १ जना र कालिगण्डकीका १ जनामा कोरोना संक्रमण भेटिएको थियो । उनीहरुको उपचार भईरहेको छ । वालिङका ४ जना र गल्याङका १ जनाको जिल्ला अस्पताल स्याङ्जाको आईसोलेसनमा राखिएको छ भने वालिङ की १ जना महिलाको पोखरामा राखिएको छ । त्यस्तै चापाकोटका ४ जना र बिरुवाका १ जनाको कालिका सामुदायीक अस्पतालमा राखिएको छ ।
यसैबीच प्रदेश स्वास्थ्य निर्देशनालयका अनुशार कास्कीमा ३ जनामा संक्रमण पुष्टी भएको छ रुपा गाँउपालिकाका २३ र ३२ बर्षका पुरुष तथा पोखरा महानगरपालिकाका ५९ बर्षका पुरुषमा पनि संक्रमण पुष्टी भएको हो त्यस्तै नवलपरासी सुस्ता पुर्वको बिनयत्रिबेणी गाउँपालिकामा ३ जनामा संक्रमण पुष्टी भएको भएको छ । उनीहरु १८,१९ र २७ बर्षका पुरुष रहेकाछन् ।
यस्तै बाग्लुङमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । उनी ताराखोला गाँउपालिकाका ५९ बर्षका पुरुष रहेकाछन् ।
संक्रमित सबै जनालाइ आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । ३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

.

Facebook Comments Box
TOP