एम्बुलेन्स चालक र व्यापारीमा संक्रमण देखियो, स्याङ्जाका ३ पालिकाका सेवा बन्द,आवतजावतमा राेक ।
स्याङ्जा
चापाकोटमा सञ्चालित एम्बुलेन्स चालक र अर्जुनचौपारी घर भई आँधीखोलामा व्यापार गर्ने व्यक्तिमा समेत कोरोना देखिएको छ । समुदाय स्तरमा संक्रमण देखिएपछि दुई पालिका र आँधीखोलाको १ नम्वर वडामा स्वास्थ्य बाहेकका सम्पुर्ण सेवा बन्द गरी नागरिकलाई हिडडुलमा समेत कडाई गरिएको छ ।
समुदाय स्तरमा कोरोना देखिए पछि उच्च सतर्कता अपनाउदै कन्ट्याक ट्रेसिङको काम शुरु गरिएको चापाकोट नगरपालिकाका प्रमुख शिवकुमार गिरीले जानकारी दिनुभयो । उहाँले सूचना निकालेर सम्पूर्ण नागरिकलाई अति आवश्यक काम बाहेक बाहिर हिडडुल नगर्न र सचेत रहन आग्रह गर्नु भएको हो । आईतवार चापाकोटका एम्बुलेन्स चालकमा संक्रमण पुष्टी भएको थियो ।
त्यस्तै अर्जुनचौपारी गाँउपालिकाले पनि स्वास्थ्य बाहेकका सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ मानिसहरुलाई अत्यावश्यक सेवा बाहेक बाहिर निहिड्न सूचित गरिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद गौतमले जानकारी दिनुभयो ।
अर्जुनचौपारी घर भई आँधीखोलामा व्यापार गर्ने ति पुरुषमा कोरोना संक्रमण देखिएको र पोखरामा उपचाररत रहेको पालिकाले जनाएको छ ।
उता आँधीखोला गाँउपालिका वडा नम्वर १ मा व्यापार गर्ने अर्जुनचौपारीका पुरुषमा संक्रमण देखिएसँगै पालिकाको वडा नम्वर १ लाई शिल गरी कडाई गरिएको पालिकाले सुचना निकालेर जनाएको छ ।
संक्रमित व्यक्तिहरु गएका सम्भावित ठाँउहरुलाई नियन्त्रणमा राखि कन्ट्याक ट्रेसिङको काम शुरु गरिएको स्याङ्जाका प्रमुख जिल्लाका अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिनुभयो । राम बहादुर रोकाहा/अर्जुनचौपारीको सहयोगमा
- स्याङ्जामा कोरोनामुक्त भएका १४ जनालाइ मन्त्रीले गरिन बिदाई ।
- स्याङ्जामा थपिए १२ जना संक्रमित, संक्रमितको संख्या ९८
- स्याङ्जामा सवारी साधन एक आपसमा ठाकिदा एक जना गम्भिर घाईते
.



समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


