स्याङ्जामा कोरोनामुक्त भएका १४ जनालाइ मन्त्रीले गरिन बिदाई ।

स्याङजा :
स्याङ्जामा आज एकै दिन १४ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । कालिका सामुदायिक अस्पतालको आईसोलेशनमा रहेका १४ जना आज कोरोनामुक्त भएर घर गएकाहुन् ।उनीहरुलाई गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री नरदेवी पुनले बिदाई गर्नु भएको हो ।
२८ जना संक्रमितको स्वाव संकलन गरी पठाईएकोमा १४ जनाको नेगेटिभ आएको थियो भने १४ जनाको फेरी पनि पोजेटिभ आएको स्वास्थ्य निर्देशक डाक्टर बिनोद बिन्दु शर्माले जनाकारी दिनुभयो । आज घर जानेहरुमा १२ जना वालिङका छन् भने भीरकोट र हरिनासका एक÷एक जना रहेकाछन् ।
यो सँगै जिल्लाका संक्रमित ९८ जना मध्ये २२ जना निको भएर घर फर्किएकाछन् भने एक संक्रमितको निधन भएको छ ।
उनीहरुलाई बिदाई गर्न जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास,भीरकोटका नगर प्रमुख छायाराम खनाल,वालिङका नगर प्रमुख दिलिप प्रताप खाँण, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री, गण्डकी प्रदेशका स्वास्थय निर्देशक डाक्टर बिनोद बिन्दु शर्मा लगायतले बिदाई गरेकाथिए ।
- एम्बुलेन्स चालक र व्यापारीमा संक्रमण देखियो, स्याङ्जाका ३ पालिकाका सेवा बन्द,आवतजावतमा राेक ।
- स्याङ्जामा थपिए १२ जना संक्रमित, संक्रमितको संख्या ९८
- स्याङ्जामा सवारी साधन एक आपसमा ठाकिदा एक जना गम्भिर घाईते
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…