दुई जना सरसफाईकर्मीमा संक्रमण पुष्टी भएपछि गल्याङ बजार एक हप्ताका लागि बन्द ।
स्याङजा :
दुई जना सरसफाईकर्मीमा पनि कोरोना संक्रमण देखिए पछि गल्याङ बजार एक हप्ताका लागि पुर्ण रुपमा बन्द गरिएको छ । समुदायमा कोरोना संक्रमण फैलन नदिने उदेश्यसहित एकहप्ताका लागि बजार बन्द गरिएको गल्याङ नगरपालिकाले जनाएको छ ।
गल्याङ नगरपालिकाको क्वारेन्टीनमा बस्ने १६ जनासँगै सरसफाईमा खटिएका एक दम्पतीमा शुक्रवार कोरोना पुष्टी भएको थियो । क्वारेन्टीनमा बसेका सबै भारतबाट आएका हुन् भने संक्रमित अन्य २ जना गल्याङ मै रहेका हुन् ।
गल्याङ नगरपालिकाको पहलमा बसेको सर्बपक्षिय बैठकले अति—अत्यावश्यक बाहेकका सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको नगर प्रमुख भुपराज अधिकारीले जानकारी दिनुभयो । कोरोना संक्रमण समुदाय स्तरमा फैलने सक्ने अनुमान गर्दे सचेत र सावधानी अपनाउनु पर्ने बेैठकको निष्कर्ष रहेको छ ।
बैठकले वित्तीय संस्था र खाद्यान्न पसल पनि एक हप्ताको लागि बन्द गर्ने निर्णय गरेको छ । दुध तरकारी लगायतका पसल भने सामाजिक दुरी कायम गरी सञ्चालन गरिने छ ।
यसैबीच, नगर प्रमुख भुपराज अधिकारीले विज्ञप्ति जारी गर्दै अर्काे सूचना जारी नभएसम्मका लागि नगर कार्यपालिका बन्द हुने जानकारी गराउनु भएको छ । बिज्ञप्तीमा अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन र उच्च सतर्कता अपउनाउन आग्रह गरिएको छ ।
- स्याङ्जामा एकै दिन थपिए २२ जना संक्रमित, जिल्लामा संक्रमितको संख्या ६० पुग्यो ।
- वालिङले वितरण गरिरहेको बाँदर धपाउने यन्त्र यसरी प्रयोग गर्न सकिन्छ
- वालिङमा बादर धपाउने उपकरण परिक्षण गर्दै नगरप्रमुख दिलिप प्रताप खाँण
- वालिङमा कोरोना संक्रमित धेरै फेला पर्नुको कारण प्रष्ट पार्दै नगर प्रमुख खाँण
.

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


