स्याङ्जामा एकै दिन थपिए २२ जना संक्रमित, जिल्लामा संक्रमितको संख्या ६० पुग्यो ।


स्याङ्जा :
स्याङ्जामा थप २२ जना संक्रमित थपिएकाछन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुशार गल्याङमा १८ जना थपिएकाछन् । त्यस्तै वालिङमा २ जना अर्जुन चौपारी १ जना ठेगाना नखुलेको १ जना रहेकाछन् ।
अर्जुनचौपारीको ३ बर्षका बालक र ठेगाना नखुलेका ४ बर्षका बालकमा समेत कोरोना भेटिएको छ ।
वालिङका ३३ र ३५ बर्षका पुरुषमा देखिएको छ भने गल्याङमा ६६,४४,१६,२०,१८,२९,३५,२३,१५,४५,२५,२०,३१,२५,२०,२०,२४,३५ बर्ष उमेरका पुरुष रहेकाछन् ।
उनीहरु सबैलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
यो सँगै जिल्लामा संक्रमितको संख्या ६० पुगेको छ , ३ जना निको भए भने १ जनाको ज्यान गईसकेको छ ।

.

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP