स्याङजामा पहिलो पटक २ जना सरसफाई कर्मचारीमा संक्रमण भेटियो !

स्याङजा :
स्याङजामा पहिलो पटक जिल्लामा नै रहेका २ जनामा कोरोना संक्रमण देखिएको छ । गल्याङ नगरपालिकाकाे बहुमुखी क्याम्पस क्वारेन्टीनमा सरसफाई गर्ने २ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
श्रीमान् श्रीमती नै सरसफाई गर्दै आएकोमा दुवैमा कोरोना पुष्टी भएका स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख याम प्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले प्रदेशले निकालेको सुचीमा पुरुष मात्रै भनेको भए पनि नाम र उमेर भिडाउदा प्रष्ट भएको जानकारी दिनुभयो ।
उनीहरुले क्वारेन्टीनमा सरसफाई गर्दै आईरहेका थिए । उनीहरु बजारमा निरन्तर हिडडुल गर्नुका साथै नगरपालिकाका कर्मचारीहरुसँग पनि सम्पर्कमा रहेको बताईएको छ ।
आज मात्रै गल्याङमा १८ जना संक्रमित थपिएका छन । त्यस्तै जिल्लामा संक्रमित ६० पुगेकाछन् । एक जनाको ज्यान गईसकेको छ ।
स्याङ्जामा एकै दिन थपिए २२ जना संक्रमित, जिल्लामा संक्रमितको संख्या ६० पुग्यो ।
.

समाचार
थप सामाग्री
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
१ हप्ता अगाडि
वालिङ : दमक उद्योग वाणिज्य संघबाट संघका अध्यक्ष देवीप्रसाद गुरागाइँ (गोपाल) को नेतृत्वमा चेम्बर अध्ययन अवलोकन भ्रमणका क्रममा वालिङ आएको…