गल्याङमा अति आवश्यक बाहेक सबै सेवा बन्द, एकहप्ता घरबाट ननिस्कन नगरपालिकाको आग्रह ।
केपी खनाल/गल्याङ :
स्याङ्जाको गल्याङ बजार पुर्ण रुपमा बन्द हुने भएको छ । गल्याङ नगरपालिकामा सरोकारवालाहरुसँग शुक्रबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम कम गर्न अत्यावश्यक बाहेक सम्पूर्ण पसलहरु बन्द गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख भुपराज अधिकारीको कार्यकक्षमा बसेको बैठकले कोरोना संक्रमण समुदाय स्तरमा फैलने क्रममा रहेको निश्कर्ष निकाल्दै बजार बन्द गर्ने निर्णय गरेको गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले जानकारी दिनुभयो ।
गल्याङ नगरपालिकाका नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु, गल्याङ चेम्बर अफ कमर्स, गल्याङ उद्योग वाणिज्य संघ तथा कालिगण्डकी यातायात समितिका प्रतिनिधि र सुरक्षाकर्मी सहितको बैठकले औषधी पसल, दुध डेरी र तरकारी पसल बाहेक सबै पसल बन्द गर्ने निर्णय भएको उहाँले स्पष्ट पार्नुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘वित्तीय संस्था र खाद्यन्न पसलहरु पनि एक हप्ताको लागि बन्द गर्ने निर्णय भएको छ ।’
खाद्यान्नका सवारीसाधन समेत बन्द हुने भन्दै उहाँले अहिले स्वास्थ्यका लागि एकजुट हुने बेला आएको बताउनुभयो ।
स्याङजामा पहिलो पटक २ जना सरसफाई कर्मचारीमा संक्रमण भेटियो !
गल्याङ नगरवासीको स्वास्थ्यलाई आफुले पहिलो प्राथमिकता दिएको भन्दै नगरप्रमुख अधिकारीले सुरक्षित र सचेत रहन सम्पूर्ण नगरवासीलाई अपिल गर्नुभयो ।
कोरोना संक्रमणको जोखिम फैलने क्रममा रहेको भन्दै उहाँले आत्मबल बढाएर रोग विरुद्व सबैले एकताबद्व हुने समय आएको बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो –‘अहिले अरु झिनामसिना विषयमा अल्झिने समय होइन, सबै एकजुट भएर कोरोना विरुद्व लडौं, पछि अन्य विषयमा बसेर छलफल गरौंला ।’
भारतबाट उद्दार गरेर ल्याइएका व्यक्तिमा कोरोना संक्रमण देखिएको र क्वारेन्टाइनबाट यसको संक्रमण बाहिरिन थालेको भन्दै बैठकले एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले वानकारी दिनुभयो ।
गल्याङ बहुमुखी क्याम्पसमा १६ जना भारतबाट आएका नागरिक सँगै सरसफाइ गर्ने स्वयम्सेवकमा संक्रमण देखिएपछि नगरपालिकाले अझै बढि चासो देखाएको हो ।
गल्याङ नगरपालिकाका प्रबक्ता गणेशप्रसाद बस्यालले समुदाय स्तरमा कोरोना फैलन नदिनका लागि सजगता अपनाइएको बताउँदै यसमा सबैले साथ दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो –‘सम्पूर्ण सवारीसधान, पसलहरु, वित्तीय सहितका सबै संघसंस्थाहरु बन्द गर्ने तय भएको छ, सबैले साथ दिई कोरोना विरुद्व लड्न अपिल गर्दछु ।’
यसैवीच, गल्याङ नगरपालिकाका नगर कार्यपालिकाको कार्यालय पनि बन्द हुने भएको छ । स्वास्थ्य बाहेकका सम्पूर्ण कामहरु बन्द गर्ने निर्णय भएको हो ।
शुक्रबार नै गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नगर कार्यपालिका बन्द हुने जानकारी दिनुभएको छ ।
विज्ञप्तिमा संक्रमितहरुको उपचार सहितको सम्पूर्ण व्यवस्थापन गरी अभिभावकत्व कायम गर्न नगरपालिका प्रतिबद्व रहेको उल्लेख गर्दै धैर्य रहन नगरवासीमा अपिल गरिएको छ ।
विज्ञप्तिमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी सहित शंकास्पद व्यक्तिहरुको परिक्षणको तयारी भएको पनि जानकारी दिइएको छ ।
नगरप्रमुख अधिकारीले विज्ञप्तिमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र उच्च सतर्कता अपउनाउन नगरवासीहरुलाई आग्रह पनि गर्नुभएको छ ।
- स्याङ्जामा एकै दिन थपिए २२ जना संक्रमित, जिल्लामा संक्रमितको संख्या ६० पुग्यो ।
- वालिङले वितरण गरिरहेको बाँदर धपाउने यन्त्र यसरी प्रयोग गर्न सकिन्छ
- वालिङमा बादर धपाउने उपकरण परिक्षण गर्दै नगरप्रमुख दिलिप प्रताप खाँण
- वालिङमा कोरोना संक्रमित धेरै फेला पर्नुको कारण प्रष्ट पार्दै नगर प्रमुख खाँण
.
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …