शालिग्राम शिला आ-आफ्नो जिल्ला पर्ने भन्दै स्याङ्जा र पर्बतका सांसदहरु बहसमा
कास्की :
स्याङ्जा, पर्बत र गुल्मीको संगम स्थल सेतिबेनीमा रहेको विश्वकै ठूलो मानिएको शालिग्राम शिला आ—आफ्नो जिल्लामा पर्ने स्याङ्जा र पर्बतका सांसदहरुले दावी गरेकाछन् ।
गण्डकी प्रदेशको पर्यटन गुरूयोजनाबारेको छलफलमा स्याङ्जा र पर्बतका सांसदहरूले फरक फरक मत राखेका हुन् ।
स्याङ्जाका सांसद भागवतप्रकाश मल्ल र दीपक चर्तीमगरले सेतीबेनीमा रहेको शालिग्राम स्याङ्जा जिल्लाको रहेको बताउनु भयो त्यस्तै पर्वतकी सांसद ललितकला गुरूङले शालिग्राम र सेतीवेनी पर्वत जिल्लामा पर्ने दावी गर्नुभयो । उहाँहरु बीच यो बिषयमा बहस समेत भएको थियो ।
छलफलमा भाग लिदै सांसद मल्लले भन्नुभयो, ‘आधार प्रमाण सबै स्याङ्जामा पर्ने स्पष्टसँग छ पर्बतले के आधारमा आफ्नो जिल्लामा पर्ने भन्छ म बुझ्न सकिरहेको छैन ।’ उहाँले प्रदेशको एक सय गन्तव्य स्थलमा तत्काल शिलाको वास्तविक ठेगाना उल्लेख गर्न आग्रह गर्नुभयो ।
बिश्व कै ठुलो मानिएको शालिग्राम शिला साबिकको पिढिखोला गाविस वडा नम्वर ८ र हालको गल्याङ नगरपालिकाको वडा नम्वर ५ मा पर्दछ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …