सुरक्षा समितिबाट क्वारेन्टीन र आइसुलेसन अनुगमन स्याङ्जामा कोरोना संक्रमण २३ पुग्यो
श्रीकृष्ण सिग्देल/स्याङ्जा :
स्याङ्जामा भारतबाट आउनेको संख्या बढ्न थालेपछि र कोरोना संक्रमण देखिन थालेपछि जिल्ला सुरक्षा समितिले हरेका पालिकामा अनुगमन शुरु गरेको छ । क्वारेन्टीनमा बस्ने मानिसको अवस्था र पालिकाले गरेको व्यवस्थालाई प्रभावकारी बनाउन सुरक्षा समिति स्याङ्जाका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीको नेतृत्वमा अनुगमन शुरु गरिएको हो । भारतबाट आउने गण्डकी प्रदेशका मानिसको प्रमुख नाका स्याङ्जा हो ।
प्रदेशका हरेक जिल्लामा भारतबाट आउने मानिसहरु स्याङ्जा हुदै जानुपर्ने भएकाले पनि जिल्लालाई कोरोना संक्रमणको उच्च जोखिम हुन सक्ने जिल्ला सुरक्षा समितिले आकलन गरेको छ । त्यो सगै जिल्लामा भारतबाट आउने मानिसको चाप सगै कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला सुरक्षा समितिले आइसुलेसन र क्वारेन्टीनको अवस्थाबारे अनुगमन शुरु गरेको छ । हरेक पालिकाले निर्माण गरेको क्वारेन्टीनको अवस्था र त्यहाँ बस्ने मानिसहरुको व्यवस्थाका बारेमा गुनासो आउन थालेपछि जिल्ला सुरक्षा समितिले अनुगमन शुरु गरेको हो ।
.
स्याङ्जामा भारतबाट आएका मानिसहरुमा कोरोना संक्रमण देखिन थालेपछि अन्य समुदायमा पनि यो भाईरस नसरोस भन्ने उदेशयले सुरक्षा समितिले अनुगमनलाई तिब्रता दिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताउनु भयो । क्वारेन्टीन निर्माण भएपनि स्याङ्जामा संक्रमित देखिएका व्याक्तिलाई उपचारका लागि भने व्यवस्थित आइसुलेसनको व्यवस्था गरिएको थिएन । कोरोना संक्रमणको संख्या बढेपछि आइसुलेसन निर्माणमा पहिला लाग्नु परेको प्रजिअ क्षेत्रीको भनाई छ ।
िजल्लामा संक्रमणको संख्या बढेसगै सुरक्षा समिति अत्यन्तै गम्भिर बनेको छ प्रजिअ क्षेत्रीले भन्नुभयोे,“ यो सबैको साझा समस्या हो भन्ने बुझेर सबै आ—आफ्नो ठाउबाट लाग्नुपर्ने अवस्था रहेको छ ।” यो माहामारीबाट बच्न सबैले लकडाउनलाई पालना गर्न आग्रह गर्छु उहाँले भन्नुभयो ।
हरेक क्वारेन्टीनमा बसेका मानिसको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीले पाएको छ । सुरक्षाका दृष्टिकोणले जति सक्यो थोरै क्वारन्टीनको व्यवस्था र प्रहरी जनशक्तिको परिचालनमा प्रहरीलाई चुनौतीको बिषय बनेको छ ।
कोरोना संक्रमणको मात्रै नभएर अन्य अपराधिक क्रियाकलापको पनि चुनौतिलाई सामाना गर्दै समाज र समुदायको यो माहामारीबाट र अन्य अपराधिक क्रियाकलापको सुरक्षाका निम्ति जिल्ला प्रहरी कार्यालले नयाँ रणनीति अनुसार कामको थालनी गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिमलराज कणेलले बताउनु भयो । जनशक्तिको अभाव हुन नदिने गरी सुरक्षा व्यवस्थालाई मजबुद बनाउने हाम्रो प्रयास जारी रहेको प्रहरी प्रमुख कणेलले बताउनु भयो ।
स्याङ्जामा अहिले सम्म भारतबाट आएर क्वारेन्टीनमा बस्नेको संख्या करिब १ हजारको हाराहारीमा रहेको छ ।
संघिय र प्रदेश सरकारले खासै आर्थिक सहयोग नगरेपनि क्वारेन्टीनमा बस्ने मानिसको सबै जिम्मेवारी जिल्लाका सबै पालिकाले लिदै आएका छन् ।
कोरोना संक्रमणको संख्या २३ पुगे सगै उनीहरुको उपचारका लागि निर्माण गरिएको आइसुलेसनमा पनि पालिकाले नै खर्च व्यहोर्दै आएको अवस्था छ । उनीहरुलाई खान बस्न देखि उनीहरुको पिसिआर टेष्टको खर्च पालिकाले नै व्यहोर्दै आएको वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले बताउनु भयो । अहिले सम्म स्याङ्जामा भीरकोट, पुतलीबजार नगरपालिका र अर्जुनचौपारी, आँधीखोला र फेदिखोला गाँउपालिका बाहेक सबै पालिकामा कोरोना संक्रमण देखिएको छ ।
भारत लगायत तेस्रो मुलुकबाट स्याङ्जावासी आउने क्रम बढ्दो सगै व्यवस्थित क्वारेन्टीन र सुविधायुक्त आईसुलेसनमा जिल्लाको सुरक्षा समिति र जिल्लाका जनप्रतिनिधिहरु चनाखो हुनु आवश्यक छ । जिल्लालाई कोरोना संक्रमणमुक्त बनाउने अभियानमा स्याङ्जावासीले पनि सम्वन्धित निकायलाई सघाउन आवश्यक देखिन्छ ।
.
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …