स्याङजाका १४ सहित २४ घण्टामा थपिए २१३ संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा २१३ कोरोना संक्रमित थपिएका छन्।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभर गरेर पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना पोजिटिभ देखिएको बताउनु भयाे ।

भिडियाे : वालिङमा कोरोना संक्रमित धेरै फेला पर्नुको कारण प्रष्ट पार्दै नगर प्रमुख खाँण

संक्रमितमध्ये २०९ पुरष र ४ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयाे ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ भने ४ सय ६७ जना उपचारपछि निको भएर घर फर्केका छन्।

पछिल्लो २४ घण्टामा मात्रै १०२ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयाे ।

याे पनि पढ्नुहाेस् :

.

Facebook Comments Box
TOP