वालिङका १३ जना नयाँ संक्रमित को हुन् (ट्राभल हिस्ट्री सहित)
आँधीखोला खबर :
स्याङ्जामा आज एकै पटक १४ जना कोरोना संक्रमित थपिएकाछन् भने हिजो मात्रै १० जना थपिएका थिए । वालिङमा मात्रै हिजो ८ जना नयाँ संक्रमित थपिएका थिए भने आज एकै पटक १३ जना थपिएकाछन् । उनीहरु सबै भारतबाट आई क्वारेन्टीनमा बस्दै आएका व्यक्तिहरु हुन् ।
को हुन् वालिङका नयाँ संक्रमित :
वालिङ नगरपालिका वडा नम्वर १ का २७ बर्षका पुरुष
वालिङ नगरपालिका वडा नम्वर ४ का २७ बर्षका पुरुष
वालिङ नगरपालिका वडा नम्वर ५ का १८,२१ र ४६ बर्षका पुरुष
वालिङ नगरपालिका वडा नम्वर ११ का ४९,३४,५२ बर्षका पुरुष
वालिङ नगरपालिका वडा नम्वर १२ का २५ बर्षका पुरुष
वालिङ नगरपालिका वडा नम्वर १४ का ३७,३१,३८,२९ बर्षका पुरुष
उनीहरु मध्ये ६ जना १३ गते आफ्नै व्यवस्थापनको गाडीमा चढेर वालिङ आई क्वारेन्टीन्मा बसेका थिए ।
त्यस्तै ४ जना १४ गते आफ्नै व्यवस्थापनमा वालिङ आएका थिए ।
यसैगरी १८ जनालाई जेठ १५ गते नगरपालिकाको व्यवस्थापनमा वालिङ ल्याईएको थियो ।
तीन पटकका गरी २८ जनाको पिसिआर परिक्षणका लागि स्वाव पोखरा पठाईएको मा १३ जनाको पोजेटिभ आएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । अन्य १५ जनाको भने रिपोर्ट नेगेटिभ आएको छ ।
उनीहरू सबै भारतबाट आएका हुन् । भारतका बिभिन्न ठाँउबाट सुनौली सम्म आएका उनीहरु त्यहाँबाट वालिङ सम्म आएका हुन् । उनीहरू क्वारेन्टीनमा बसिरहेकाले त्रसित हुनु पर्ने अवस्था भने छैन । यस्तै भीरकोट नगरपालिकाका ४५ बर्षका पुरुष पनि संक्रमित पष्टी भएकाछन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


