को हुन स्याङजामा भेटिएका कोरोना संक्रमितहरू, कसरी आई पुगे वालिङ सम्म

District Hospital


राधाकृष्ण डुम्रे/स्याङ्जा :
स्याङ्जामा पनि २ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । भारतबाट जेठ १० गते आएर वालिङको क्वारेन्टीनमा बसेका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टी भएसँगै उनीहरु कसरी यहाँ सम्म आईपुगे कोको सँग सम्पर्कमा रहे, किन नेपाल प्रवेशमा नै परिक्षण भएन भन्नेमा चर्चा भईरहेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले २ जना कोरोना संक्रमित पुष्टी नगर्दै निक्कै हल्ला भईसकेको थियो, सामाजिक सञ्जालमा बिहानै बाट यो कुराले जिल्लामा निक्कै चर्चा पाएको थियो । स्याङ्जामा पहिलो पटक कोरोना संक्रमित व्यक्ति फेला परेकाले नि यो चर्चाको बिषय बनेको हो ।
उनीहरु भारतको गाजियावादबाट गोरखपुर सम्म ट्रेनमा त्यसपछि सुनौली सम्म गाडीमा आएको बताईएको छ । उनीहरु बिना परिक्षण नै नेपाल प्रवेश गर्न पाएका थिए । सुनौलीबाट मिनी ट्रक मार्फत संक्रमित २ जना सहित ९ जनाको टोली स्याङ्जा आई पुगेको हो । वालिङका ४ जना र हरिनासका १ जना वालिङमा नै थिए भने चापाकोटका ४ जना चापाकोटको क्वारेन्टीनमा रहेकाछन् ।
वालिङमा बसेका मध्ये वालिङ नगरपालिका वडा नम्वर ७ का २० र २९ बर्षका पुरुषमा मात्रै कोरोना भेटिएको हो । चापाकोटमा बसेकाहरुको परिक्षण नै गर्न बाँकी रहेको बताईएको छ । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर बिनोद बिन्दु शर्माका अनुशार भोलिबाट नै सम्पर्कमा आएका व्यक्तिको खोजी गर्नुका साथै सँगै आएका व्यक्तिहरुको स्वाव संकलन गरिनेछ । प्रदेशले बिज्ञको टोली खटाउने पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो ।
वालिङ आउनसाथ उनीहरुलाई नगरपालिकाले बनाएको क्वारेन्टीनमा सुरक्षित तरिकाले राखिएको थियो । भारतबाट आउने तथा क्वारेन्टीनमा रहेका संकास्पदहरुको अनिबार्य पिसिआर परिक्षण गरिने गरिएको र सोही क्रममा उनीहरुको पनि स्वाव संकलन गरि पठाईएको थियो ।
संक्रमितहरुलाई जिल्ला अस्पतालको आईसोलेसनमा राखिएको छ । भारतबाट वालिङमा आएका २० जनाको स्वाव कोरोना परिक्षणका लागि पठाईएकोमा २ जनाको पोजेटिभ आएको हो । त्यस्तै एउटै समुहमा आएका अन्य ३ जनाको भने पिसिआर नेगेटेभि आएको छ ।

को को सँग सम्पर्कमा आए :
उनीहरु सुनौली सम्म अस्तव्यस्त तरिकाबाट आएको भए पनि नेपाल प्रवेश गरेपछि उनीहरु अन्य धेरै व्यक्तिको सम्पर्कमा नआएको बताईएको छ । उनीहरु १० गते आउना साथ स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा क्वारेन्टीनमा राखिएको थियो । उनीहरु वालिङका कोही कसैसँग पनि सम्पर्कमा नआएकाले डराउनु पर्ने अवस्था नरहेको बताईएको छ । चापाकोटमा रहेकाहरु पनि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा रहेको नगरपालिकाले जनाएको छ । संक्रमितहरु सँग एकै सवारी साधनमा आएकाले पनि उनीहरुलाई बिशेष निगरानीमा राखिएको नगरपालिकाले जनाएको छ ।
अव के के गरिन्छ :
कोरोना संक्रमित २ जनालाई जिल्ला अस्पतालको सुबिधान सम्पन्न आईसोलेसनमा राखेर उपचार श्ुरु भईसकेको छ । संक्रमितसँग सम्पर्कमा आएकाहरुको खोजी गरिन्छ र उनीहरुलाई क्वारेन्टीनमा राखिन्छ । त्यस्तै उनीहरुको पिसिआर परिक्षण पनि गरिन्छ ।
अर्काे तर्फ जिल्ला अस्पतालले उपचारका लागि बिशेष टोली तयार गरेको पत्रकार सम्मेलनमा डाक्टर शर्माले जानकारी गराउनु भयो त्यस्तै अस्पतालले सुचना अधिकारी मार्फत उपचारको र संक्रमितको अवस्थाका बारेमा जानकारी गराउने डाक्टर शर्माले बताउनु भयो ।
संक्रमितको अवस्था भने सामान्य छ ।

.

District Hospital
तस्विर : जिल्ला अस्पतालको आईसोलेसन कक्षका दृश्यहरु हुन् , जहाँ संक्रमति बिरामीलाई राखिएको छ ।

.

Facebook Comments Box
TOP