स्याङ्जामा पनि २ कोरोना संक्रमित भएको पुष्टी ।
स्याङ्जा :
स्याङ्जामा पनि २ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । भारतबाट जेठ १० गते आएर वालिङको क्वारेन्टीनमा बसेका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टी भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुशार उनीहरु वालिङ नगरपालिका वडा नम्वर ७ का २९ र २० बर्षका पुरुष रहेकाछन् ।
दुवैजनालाई आईसोलेसनम राख्नका लागि आजै स्याङ्जा सदरमुकाम लगिएको प्रदेशका स्वास्थ्य निर्देशक डा.बिनाेद बिन्दु शर्माले पोखरामा केही बेर अगाडि पत्रकार सम्मेलन गरेर जानकारी दिनुभएको हो ।
उनीहरुको टोलीमा चापाकोट र हरिनासका व्यक्तिहरु रहेको बताईएको छ । त्यस मध्ये वालिङको क्वारेन्टीनमा रहेकाहरुको मात्र पिसिआर परिक्षण गरिएको तर अन्यको स्वाव संकलन गर्न नै बाँकी रहेको बताईएको छ । स्वास्थ्य कार्यालयलयले उनीहरु सँग सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङको काम शुरु भई सकेको जनाएको छ ।
शनिवार वालिङको क्वारेन्टीनमा बसेका २० जनाको पिसिआर परिक्षणका लागि स्वाव लिईएकोमा दुई जनाको नतिजा पोजेटिभ आएको हो ।
.
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


