स्याङ्जाका २ सहित ९० जना नयाँ संक्रमित थपिए, नेपालमा संक्रमितको संख्या ७७२ ।

काठमाडौं : नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
टेकु प्रयोगशालामा गरिएको परीक्षणका क्रममा महोत्तरीका दुई जना, जुम्ला घर भई बारामा काम गरिरहेका २ जना र बाराकै थप तीन जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै रौतहटका २२ जनाम संक्रमण पुष्टि भएको छ। सिराहा जिल्लाका ५ जनामा समेत संक्रमण पुष्टि भएको छ। टेकुमै गरिएको परीक्षण अनुसार धनुषाका एक जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
त्यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ जनामा संक्रमण पुष्टि भएको छ। रुपन्देहीको प्रयोगशालामा भएको परीक्षणका क्रममा सात जनालाई संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये कपिलवस्तु, गुल्मी, अर्घाखाँचीका २/२ जना र रुपन्देहीका एक जना रहेका छन्।
सेती अस्पतालमा गरिएको परीक्षणका क्रममा कैलाली र अछामका एक/एक जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै पोखरामा भएको परीक्षणका क्रममा स्याङजा वालिङका दुई जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै सुर्खेत प्रयोगशालामा भएको परीक्षणका क्रममा सुर्खेतकै १२ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै दाङमा भएको परीक्षणका क्रममा कपिलवस्तुका दुई वर्षिया बालिकासहित २४ जनालाई संक्रमण पुष्टि भएको छ।
यो संगै संक्रमितको संख्या ७७२ पुगेको छ। संक्रमित मध्ये सबै भन्दा बढी प्रदेश ५ मा संक्रमितको संख्या ३३१ छ।
.
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…