स्याङ्जाकी कोरोना संक्रमित महिलालाई उपचारका लागि पोखरा लगियाे ।
स्याङ्जा : कोरोना संक्रमण पुष्टि भएपछि स्याङ्जाकी एक महिलालाई बिहीबार पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा निर्माण गरिएको आइसोलेसनमा भर्ना गरिएको छ।
वालिङमा क्वारेन्टाइनमा रहेका २६ र २२ वर्षका २ युवासहित ३९ वर्षकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये २ युवाको स्याङ्जा जिल्ला अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।
बिहान कोरोना पुष्टि भएका ३ जना संक्रमितमध्ये ३९ वर्षीया महिलालाई उपचारका लागि पोखरा ल्याइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले महिलाका लागि आइसोलेसनमा राख्न पाेखरा सहज हुने भएकाले संक्रमितलाई पोखरा ल्याइएको बताउनु भयाे । उहाँका अनुसार अहिले ती महिलाको स्वास्थ्य अवस्था सामान्य छ ।
गण्डकी प्रदेशको कोरोना भाइरस (कोभिड-१९) विशेष अस्पतालमा पहिलो पटक कोरोना संक्रमित बिरामी ल्याइएको हाे । अहिलेसम्म स्याङ्जाका ५ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित सबै वालिङ नगरपालिकाका हुन् ।
.
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


