यसरी वालिङ सम्म आएका थिए नयाँ संंक्रमित, उनीहरुको समुहमा थिए ८ पालिकाका ५४ जना

स्याङ्जा :
स्याङ्जाको वालिङमा ३ जना कोरोना संक्रमित थपिएका छन । वालिङ नगरपालिकामा नै घर भएका उनीहरु नगरपालिका कै क्वारेन्टीनमा बस्दै आएका थिए । संक्रमित २२ र २६ बर्षका २ जना पुरुष तथा ३९ बर्ष का १ जना महिला रहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा बिनोद बिन्दु शर्माले पुष्टी गरि सक्नु भएको छ ।
संक्रमित ३ जनालाई नै सदरमुकाम स्थित सरकारी अस्पतालमा लैजाने तयारी भैरहेको छ, यस अघि वालिङ कै क्वारेन्टीनमा रहेका २ जनामा संक्रमण भेटिएको थियो । उनीहरुको पनि जिल्ला अस्पतालको आईसोलेसनमा उपचार भईरहेको छ ।
को हुन् नयाँ संक्रमित कसरी आए वालिङ सम्म :
वालिङमा पुष्टी भएका तीनै जना संक्रमित भारतबाट आएकाहुन् । बिभिन्न साधन प्रयोग गर्दै सुनौली सम्म आएका उनीहरु सुनौलीबाट भने बसमा वालिङ सम्म आएका हुन् । उनीहरु जेठ ११ गते मध्यान्हमा वालिङ आई पुगेका हुन् ।
जिल्लाका ८ पालिकाका ५४ जना एकैपटक एकै समुहमा स्याङजामा आएको प्रहरीले जनाएको छ । जसमा वालिङ नगरपालिकाका मात्रै २९ जना रहेकाछन् । चापाकोटका ६ जना, गल्याङका ८ जना, बिरुवाका ४ जना, फेदीखोलाका १ जना,भीरकोटका ३ जना, हरिनास २ र अर्जुन चौपारीका १ जना थिए ।
वालिङमा रहेका मध्ये १५ जनाको पिसिआर परिक्षणका लागि हिजो बिहान स्वाव पठाईएको थियो । जसमा ३ जनाको पोजेटिभ आएको छ भने अन्यको नेगेटिभ आएको छ ।
अरु पालिकामा गएका र वालिङमा नै रहेका अन्यको स्वाव संकलनको काम भईरहेको बताईएको छ ।
.

समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…