यसरी वालिङ सम्म आएका थिए नयाँ संंक्रमित, उनीहरुको समुहमा थिए ८ पालिकाका ५४ जना
स्याङ्जा :
स्याङ्जाको वालिङमा ३ जना कोरोना संक्रमित थपिएका छन । वालिङ नगरपालिकामा नै घर भएका उनीहरु नगरपालिका कै क्वारेन्टीनमा बस्दै आएका थिए । संक्रमित २२ र २६ बर्षका २ जना पुरुष तथा ३९ बर्ष का १ जना महिला रहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा बिनोद बिन्दु शर्माले पुष्टी गरि सक्नु भएको छ ।
संक्रमित ३ जनालाई नै सदरमुकाम स्थित सरकारी अस्पतालमा लैजाने तयारी भैरहेको छ, यस अघि वालिङ कै क्वारेन्टीनमा रहेका २ जनामा संक्रमण भेटिएको थियो । उनीहरुको पनि जिल्ला अस्पतालको आईसोलेसनमा उपचार भईरहेको छ ।
को हुन् नयाँ संक्रमित कसरी आए वालिङ सम्म :
वालिङमा पुष्टी भएका तीनै जना संक्रमित भारतबाट आएकाहुन् । बिभिन्न साधन प्रयोग गर्दै सुनौली सम्म आएका उनीहरु सुनौलीबाट भने बसमा वालिङ सम्म आएका हुन् । उनीहरु जेठ ११ गते मध्यान्हमा वालिङ आई पुगेका हुन् ।
जिल्लाका ८ पालिकाका ५४ जना एकैपटक एकै समुहमा स्याङजामा आएको प्रहरीले जनाएको छ । जसमा वालिङ नगरपालिकाका मात्रै २९ जना रहेकाछन् । चापाकोटका ६ जना, गल्याङका ८ जना, बिरुवाका ४ जना, फेदीखोलाका १ जना,भीरकोटका ३ जना, हरिनास २ र अर्जुन चौपारीका १ जना थिए ।
वालिङमा रहेका मध्ये १५ जनाको पिसिआर परिक्षणका लागि हिजो बिहान स्वाव पठाईएको थियो । जसमा ३ जनाको पोजेटिभ आएको छ भने अन्यको नेगेटिभ आएको छ ।
अरु पालिकामा गएका र वालिङमा नै रहेका अन्यको स्वाव संकलनको काम भईरहेको बताईएको छ ।
.

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


