स्याङजामा थपिए ३ जना कोरोना संक्रमित, संख्या पुग्यो ५

वालिङ :
स्याङ्जाको वालिङमा ३ जना कोरोना संक्रमित थपिएका छन । वालिङ ठेगाना भै वालिङ नगर पालिकाको क्वारेन्टीनमा रहेका २६ र २२ बर्षका २ जना पुरुष तथा ३९ बर्ष का १ जना महिला गरि ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो । उनीहरु सबै भारतबाट आई क्वारेन्टीनमा बसेका हुन् ।

.


संक्रमित ३ जनालाई नै सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भैरहेको छ, यस अघि वालिङ कै क्वारेन्टीनमा रहेका २ जनामा संक्रमण भेटिएको थियो । उनीहरुको पनि जिल्ला अस्पतालको आईसोलेसनमा उपचार भईरहेको छ ।

.

Facebook Comments Box
TOP