स्याङ्जामा पहिलोपटक देखियो कोरोना, दुईजनामा संक्रमण
स्याङजाका दुइजनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु हालैमात्र भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । यीसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख यामप्रसाद शर्माले कोरोना संक्रमित भेटिएको पुष्टि गरे । प्रदेश स्वास्थ्य निर्देशकले यस विषयमा साढे ३ बजे प्रत्यक्ष प्रसारण गर्ने तय भएको पनि उनले बताए ।
वालिङस्थित सामुदायिक क्वारेन्टाइनमा रहेका दुवैजना पुरुष हुन । उनीहरु यही जेठ १० मा भारतबाट आएका थिए । उनीहरुको सोमबार पोखरास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण भएको थियो । यसबारे थप बिबरणा अाउन बाँकी छ ।
यसअघि गण्डकीका बागलुङमा २, पूर्वी नवलपरासीमा २ र लमजुङका एकजनामा कोरोना देखिएको थियो । उनीहरुमध्ये बागलुङका २ जना उपचारपछि निको भएर घर फर्किएका छन् । एकजनाको काठमाडौं र दुईजनाको चितवनमा उपचार भइरहेको छ । (इकान्तीपुर डटकमबाट)
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


