पुतलीबजारको गीति सामाग्री ‘चिनारी’ लोकार्पण (भिडियो सहित)
भवानी अधिकारी/स्याङजा :
नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर पुतलीबजार नगरपालिकाले श्रब्यदृश्य सहितको गीती सामाग्री चिनारी लोकार्पण गरेको छ ।
नगरपालिकाका बिभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थललाई समावेश गरी बनाइएको गीती सामाग्रीको प्रतिनिधीसभा सदस्य नारायण मरासीनीले लोकार्पण गर्नुभएको हो ।
लोकार्पण गर्दै सदस्य मरासीनीले पुतलीबजारको पहिचान बोकेको यस्ता सामाग्रीले नगरको विकासका लागि सहयोगी बन्नेमा जोड दिदै भ्रमण बर्ष सफल बनाउन सबैको सहयोग आवश्यक रहने बताउनुभयो ।

पुतलीबजार नगरप्रमुख सीमा क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुश प्रशासकिय अधिकृकत रुद्रबहादु मल्लले स्वागत एवं लेखा अधिकृत ताराचन्द्र ढकालले संचालन गर्नुभएको थियो ।
गीती सामाग्रीमा लोक गायककार लोकनाथ सापकोटा र तारा पौडेलको लय रहेको छ भने पुतलीबजार नगरपालिकाका बिभिन्न ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको साक्षात्कार गराइएको छ । गीती सामाग्री पुतलीबजार नगरपालिकाले निर्माण गरेको हो ।
हेरौं भिडियो :
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


