पुरुष फुटबलको स्वर्ण नेपाललाई

तेह्रौं साग अन्तर्गत पुरुष फुटबलमा नेपालले भुटानलाई २-१ गोलले पराजित गर्दै स्वर्ण पदक हासिल गरेको छ। नेपालका लागि खेलको १७औं मिनेटमा अभिषेक रिजालले गोल गरेका थिए। पहिलो हाफमा नेपालले केही राम्रा अवसरहरुको सृजना गरेको भए पनि गोल गर्न भने सकेको थिएन।

खेलको ३७औं मिनेटमा भुटानी टोलीका कप्तान चेन्चो ग्याल्सेनले दर्शनीय गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

दोस्रो हाफको सुरुवातमा दुवै टोलीले आक्रमक फुटबल खेलेका थिए। भुटान केही आक्रमक देखिएको थियो भने नेपाली टोलीले काऊण्टर आक्रमण गरेका थिए। खेलको ५३औं मिनेटमा सुनिल बलले टाउकोले दर्शनीय गोल गरेका थिए।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP