हङकङमा सरकारको विरोधमा अहलेसम्मकै ठूलो प्रदर्शन

हङकङमा सरकारको विरोधमा अहलेसम्मकै ठूलो प्रदर्शन भएको छ । प्रदर्शनमा झण्डै ८ लाख मानिस सहभागि भएका आयोजकले दाबी गरेको छ । तर हङकङको प्रहरीले भने एक लाख ८३ हजार जना सभागि भएको बताएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले ११ जनालाई पक्राउ समेत गरेको छ । प्रदर्शनकारीले हङकङलाई स्वतन्त्र बनाउनुपर्ने, पक्राउ परेकालाई रिहा गर्नुपर्ने र निष्पक्ष चुनाव गराउनु पर्ने माग गरेका छन् ।

उनीहरुले मोबाइल र टर्चलाईट बालेर सरकार बिरोधी नारा लगाएका थिए । हङकङ सरकारले विज्ञप्तीमार्फत् शान्ति कायम गर्न र विरोध नगर्न आग्रह गरेको छ ।

प्रदर्शनकारीले शान्तिपूर्ण आन्दोलन गरेका बताएपनि प्रहरीले भने प्रदर्शन हिँसात्मक भएको टिप्पणी गरेको छ ।

सुपुदर्गी विधेयकको विरोधमा ६ महिनादेखि हङकङमा सुरु भएको आन्दोलन सरकारले विधेयक फिर्ता लिइसके पनि रोकिएको छैन । 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP