मेसीको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित

स्पेनिस ला लिगामा लियोनेल मेसीले ह्याट्रिक गरेका छन् । मेसीको ह्याट्रिकमा बार्सिलोनाले रियल माल्लार्को विरुद्ध सहज जित निकालेको छ ।

शनिबार राति सकिएको खेलमा बार्सिलोनाले ५–२ गोल अन्तरले माल्लार्कोलाई पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान मेसलिे १७, ४१ र ८३औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे ।

खेल शुरु भएको सातौं मिनेटमै एन्टिनियो ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । अर्का स्ट्राइकर लुइस स्वारेजले ४३औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ४–१ को फराकिलो अग्रता बनायो ।

माल्लार्कोका लागि ३५औं मिनेटमा एन्टे बुदिमिरले गोल गरे । दोस्रो हाफमा दुवै टीमले एक–एक गोल थप गर्दा मेसीले ह्याट्रिक पूरा गरेका थिए । उनले ८३औं मिनेटमा गोल गरे भने माल्लार्कोका लागि पनि बुडिमिरले नै ६४औं मिनेटमा गोल थपे ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP