मेसीको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित
स्पेनिस ला लिगामा लियोनेल मेसीले ह्याट्रिक गरेका छन् । मेसीको ह्याट्रिकमा बार्सिलोनाले रियल माल्लार्को विरुद्ध सहज जित निकालेको छ ।
शनिबार राति सकिएको खेलमा बार्सिलोनाले ५–२ गोल अन्तरले माल्लार्कोलाई पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान मेसलिे १७, ४१ र ८३औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे ।
खेल शुरु भएको सातौं मिनेटमै एन्टिनियो ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । अर्का स्ट्राइकर लुइस स्वारेजले ४३औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ४–१ को फराकिलो अग्रता बनायो ।
माल्लार्कोका लागि ३५औं मिनेटमा एन्टे बुदिमिरले गोल गरे । दोस्रो हाफमा दुवै टीमले एक–एक गोल थप गर्दा मेसीले ह्याट्रिक पूरा गरेका थिए । उनले ८३औं मिनेटमा गोल गरे भने माल्लार्कोका लागि पनि बुडिमिरले नै ६४औं मिनेटमा गोल थपे ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


