विश्व प्रजातान्त्रीक युवा मञ्चको उपाध्यक्षमा पर्बतका सुन्दर भुषाल निर्वाचित
काठमाडौँ : विश्व प्रजातान्त्रीक युवा मञ्च (डब्लुएफडीवाई) को अन्तर्राष्ट्रिय उपाध्यक्षमा नेपालका सुन्दर भुषाल निर्वाचित हुनुभएको छ । साइप्रसमा भएको मञ्चको २०औँ अन्तर्राष्ट्रिय सम्मेलनले भुषाललाई उपाध्यक्षमा निर्वाचित गरेको हो । उहाँ नेपालको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागी हुनुभएको थियो । युवा संघको विदेश विभाग उपप्रमुख समेत रहेका भुषाल यसअघि सोही मञ्चको एसिया क्षेत्र संयोजक हुनुभएको थियो । विश्वका ६३ देशका ९५ युवा संगठनहरु आबद्ध रहेको यस मञ्चको अन्तर्राष्ट्रिय अध्यक्ष भने स्पेनका अरित आरजी निर्वाचित हुनुभएको छ । नेकपाको उदाउँदो नेताका रुपमा चिनिनुभएका भुषाल सवै पार्टीका नेता कार्यकर्ताहरुबीच लोकप्रिय हुनुहुन्छ । पर्बतको बिहादी गाँउपालिका उराम स्थायी घर भई काठमाडौमा बस्दै आउनु भएका भुषाल सफल युवा उद्यमी पनि हुनुहुन्छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
४ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


