डा.श्याम डुम्रेलाई डेंगु प्रतिरक्षा प्रणालीको अनुसन्धानका लागि विज्ञान प्रविधि पुरस्कार
काठमाडौं- डेंगु प्रतिरक्षा प्रणालीको अनुसन्धान गर्न उपयोगी स्टेम सेलमा आधारित ‘डेंगु मोडल’ विकासका लागि डा श्याम प्रकाश डुम्रेलाई पुरस्कृत गरिएको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले डुम्रेलाई नबिल विज्ञान तथा प्रविधि पुरस्कार प्रदान गरेको हो। पुरस्कार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रदान गरेका हुन्।
डेंगु रोग लागेको बिरामीलाई गम्भिर प्रकृतिको डेंगु हुन सक्ने वा नसक्ने निक्र्यौल सुरुवात अवस्थामा गर्न सकिने प्रविधि डुम्रेले विकास गरेका थिए।
प्रतिष्ठानको ३६ औं प्राज्ञ सभाले डा डुम्रेलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो। शुक्रबार आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओली भने स्वास्थ्यका कारण उपस्थित हुन सकेनन्। स्वास्थ्य खबर डटकमबाट

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


