आइपिएल २०२० : सन्दीप दिल्लीमै कायम

sandip-lamchneee_IPL

आइपिएलको सिजन २०२० का लागि दिल्ली क्यापिटल्सले नेपाली राष्ट्रिय क्रिकेट टीमका लेगस्पिनर सन्दीप लामिछानेलाई ‘रिटेन’ गरेको छ ।

दिल्लीले आफ्नो ट्वीटरमा समेत खेलाडीहरुको तस्बिर सहित नाम सार्वजनिक गरेको छ । जसमा नेपाली क्रिकेटर सन्दीप पनि समेटिएका छन् ।

सम्झौताको अन्तिम वर्षमा रहेका सन्दीप २०२० को आइपिएलमा अटाउलान् कि नअटाउलान् भन्ने अड्कलवाजीका बीच दिल्लीले टीममै राख्ने निर्णय गरेको हो । सन्दीपसँगै अमित मिश्रा, कागिसो राबाडा, इशान्त शर्मा र आवेश खान पनि कायम भएका छन् ।

विकेटकिपर रिशव पन्त सहित ब्याट्सम्यान शिखर धवन, पृथ्वी शा र श्रेयर इयरलाई पनि दिल्लीले कायम राखेको छ । नेपाली क्रिकेटर सन्दीप २०१७ देखि नै दिल्लीसँग आवद्ध भएका हुन् ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP